प्रभु बैंकका ग्राहक र कर्मचारीले द क्लिफको एड्भेन्चरमा छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीले द क्लिफको एड्भेन्चरमा छुट पाउने भएका छन् । उनीहरूले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर लगायतका गतिविधि गर्दा १० प्रतिशत नगद छुट पाउने भएका छन् । जसको लागि बैंकले नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिसँग साझेदारी गरेको हो ।

साझेदारीमा प्रभु बैंकको मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन तथा द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् । साे छुट पाउन बैंकका ग्राहक तथा कर्मचारीले बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुपर्ने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । त्यस्तै, प्रभु बैंकले द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा ऋण लगानी गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस