आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पेसी, होला सुनुवाइ ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सरकारले वैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यस दिन सुनुवाइ हुन सकेन ।

अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेसी तोकिएको थियो । हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेमा अब रिटको छिनोफानो हुनेछ । यसअघि वैसाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो ।

१७ गते न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परे पनि डीआईजीको मुद्दामा म्याद तामेलि नहुँदा सुनुवाइ रोकिएको थियो । हिले म्याद तामेल भइसकेको छ । आईजीपीको रिटमा पनि लिखित जवाफ बुझाइसकेका छन् ।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए । सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन् । एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकास हुनेछन् ।

सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले विदा अस्वीकृत भए पनि हाजिर भएका छैनन्। २४ गते नै उनको बिदा सकिएको हो। वैसाख १९ देखि बिदामा थिए । बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले मिसिलमा बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस