एमाले सचिवालय बैठक बस्दै, पालिका निर्वाचनको समीक्षा हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको छ । बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले पालिका चुनावमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ । यस्तै पार्टीभित्रको अन्तर्घातले पनि चुनावमा सोचेजस्तो नतिजा नआएको एमाले नेताहरुको टिप्पणी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस