समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चितवन । पूर्वी चितवनको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।  पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६ ख ११७५ नम्बरको ट्रकमा राति १० बजे ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालिका नगरपालिका–४ पदमपुरका ३० वर्षीय रामजी महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा राति …

पुरा पढ्नुहॊस »

भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी

तनहुँ । जंगलबाट ल्याएकाे  भ्याकुर खाने क्रममा शुक्रबार बेलुका तनहुँमा १० जना बिरामी परेका छन् । व्यास नगरपालिका वडा नं. ६ कलेस्तीस्थित जंगलबाट ल्याएकाे वन भ्याकुर खाँदा बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाकाे दमाैली अस्पतालमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानियाले जानकारी दिए। बिरामी हुनेहरूमा ३५ वर्षीया  सिता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० …

पुरा पढ्नुहॊस »

२८ बालकको भारतबाट उद्धार

महाेत्तरी । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका …

पुरा पढ्नुहॊस »

नेपालको पानी विदेश निर्यात गर्ने तयारी, सम्भाव्यता अध्ययन हुँदै

काठमाण्डाै । हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले  बृहत अन्तरक्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो । कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पुर्‍याउने र खेर …

पुरा पढ्नुहॊस »

ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ स्थित नर्सिङ चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सुनसरी ईटहरी उपमहानगरपालिका-२ का २९ वर्षीय प्रेम कटुवाललाई  बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी कटुवालले नर्सिङ चोकको वानवेमा बा.४८ प १८६१ नम्बरको मोटरसाइकल चलाई ल्याएको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा प्रहरीको कारवाहीबाट बच्न ब्लुबुकभित्र नगद १ हजार रुपैयाँ दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

पुरा पढ्नुहॊस »

जिल्ला प्रशासनमा बुझाइयो १७ थान हातहतियार

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न खालका १७ थान हातहतियार बुझाइएको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो। गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताइन्। बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिइन्। मोरङका जिल्ला प्रहरी कार्यालय …

पुरा पढ्नुहॊस »

आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै स्थानीय …

पुरा पढ्नुहॊस »

वृद्धभत्ता हटाउने तयारी गर्दै सरकार

काठमाडाैँ । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्। सरकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलनमा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने …

पुरा पढ्नुहॊस »

बिहे गरेर अमेरिका लाने भन्दै ४२ लाख ठगी

काठमाडाैँ । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्। उनले १२ कक्षामा अध्ययनरत काठमाडौँकी एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए।

पुरा पढ्नुहॊस »

फर्निचर कारखानामा शव भेटियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाँईको काठ फर्निचरमा एक युवकको शव भेटिएको छ । फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको हो । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

Responsive WordPress Theme Freetheme wordpress magazine responsive freetheme wordpress news responsive freeWORDPRESS PLUGIN PREMIUM FREEDownload theme freeDownload html5 theme free - HTML templates Free Top 100+ Premium WordPress Themes for 2017 Null24Món ngon chữa bệnhCây thuốc chữa bệnhNấm đông trùng hạ thảo