चलचित्र

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्ने फिल्मको छायांकन यसै वर्षभित्र सुरु गर्ने तयारीमा रहेकाे छ । अभिनेता विनय श्रेष्ठले फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिए । फिल्मको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका प्रमुख कलाकार हुनेछन् । विनयसहित मेनुका प्रधान, कर्मा, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया फिल्मका कलाकार हुन् । माधव वाग्लेको निर्माण रहेको फिल्म …

पुरा पढ्नुहॊस »

बलिउड अभिनेत्री सनी लियोनी अनलाइन ठगीको सिकार

बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउँछिन् । तर यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन्। भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला यी अभिनेत्री पनि यसबाट पीडित बनिन्। अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गरेकी छन् । उनले ट्विटरमा ट्विट गर्दै यो कुराको जानकारी दिएकी हुन् । ‘मेरो प्यान कार्डको प्रयोग गरेर धनी एपबाट ऋण लिएको पाइएको छ। …

पुरा पढ्नुहॊस »

बलराम शाहीसँग कोट म्यारिज गरिन् नायिका रेखा थापाले

नायिका रेखा थापाले पुनः विवाह गरेकी छिन् । उनले जाजरकोट स्थायी घर भएका प्रेमी बलराम शाहीसँग कोट म्यारिज गरेकी हुन्। गत माघ १२ गते नायिका थापाले विहे गरेकी हुन् । उनीहरू लामो समयदेखि प्रेममा थिए। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। नायिका थापाका हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा, मालिका जस्ता बहुचर्चित फिल्महरु चर्चित छन्। रेखा पछिल्लो …

पुरा पढ्नुहॊस »

निर्माता तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः फिल्म निर्माणमा फर्किए

एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा फर्किएका छन्। डा. रिजाल ह्यारीकि प्यारी ( Haary Ki प्यारी) नामक रोमान्टिक कमेडी फिल्ममार्फत पुनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमबार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दैछन्। लण्डनको दन्त …

पुरा पढ्नुहॊस »

नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

नायिका श्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन्। केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो। ‘केही दिनमै काेराेना जितेर आउनेछु।’ उनले भनेकी छिन् । सबैलाई सुरक्षित रहन अनुराेध गर्दै उनी हाेम आइशाेलेसनमा बसेकी छिन्।

पुरा पढ्नुहॊस »

‘ए मेरो हजुर-४’ काे टिजर रिलिज

सुपरहिट सिरिज ‘ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर रिलिज गरिएको छ। १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्।

पुरा पढ्नुहॊस »

चलचित्र ‘चपली हाइट-३’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियाे)

चलचित्र ‘चपली हाइट-३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक भएको हो। चलचित्र पुस २ गते रिलिज हुँदैछ। सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो। चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन्। त्यस्तै …

पुरा पढ्नुहॊस »

सिनेमाको नायकत्वमाथि बहसः ढोगी नायकका कारण देश जस्तै फिल्म पनि असफल

सिनेमाको नायक सम्बन्धमा रहेको परम्परागत धारणामा अहिले क्रमशः परिवर्तन हुँदै गएको र नायक जस्ता लाग्ने पात्रहरु त निर्माण होलान् तर फर्मुलामा आधारित नायकको भने अब क्रमशः अवसान हुँदै गएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार गरेको ‘सिनेमामा नायकत्वको प्रश्न‘ बिषयक भर्च्युअल बहसमा चलचित्रकर्मी, मिडियाकर्मी तथा शिक्षाविद्ले उक्त धारणा व्यक्त गरेका हुन्। गुणैगुणले भरिएको परम्परागत नायकको रुप परिवर्तन हुँदै अवगुणले युक्त पनि नायक हुन थालेको अवस्थाबाट अगाडि बढ्ने कुरा उल्लेख …

पुरा पढ्नुहॊस »

यसवर्ष मेरो दसैँ छैन, तैपनि रमाइलाे लाग्छ: नायिका पूजा शर्मा

जुठो परेकाले यसपालि दसैँ छैन मेरो। मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ । झण्डै दुई बर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो। अब भने स्थिति सामान्य बन्दै गइरहेको छ। फिल्म पनि रिलिज हुन लागेको छ। त्यसैले यसपालि धेरै खुशी लागेको छ। टीका लगाउन नहुने भए पनि दसैँले आफन्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ। त्यो नै खुशीको कुरा हो। म सम्पूर्ण नेपालीमा दसैंको हार्दिक शुभकामना …

पुरा पढ्नुहॊस »

फिल्म ‘निपुत्र’ सार्वजनिक

काठमाडाैँ ।  थारु भाषाको सट फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीको निर्देशन रहेको फिल्ममा थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ । फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय रहेको  छ ।

पुरा पढ्नुहॊस »