अन्तर्वार्ता

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

पुरा पढ्नुहॊस »

सरकारले स्वीकृति दिएका सबै देशहरू सुरक्षित : कार्यकारी निर्देशक डा. उप्रेती (अन्तर्वार्ता)

बोर्डसँग सम्पर्कमा नआईकन अथवा श्रम मन्त्रालयसँग सम्पर्कमा नआईकन जानेहरूले श्रमको स्वीकृति पाएका हुँदैनन् । श्रमको स्वीकृति पाएपछि हामीसँग सम्पर्कमा आएको बुझिन्छ अनि श्रमको स्वीकृति लिने बेलामा निश्चित दस्तुर वैदेशिक रोजगार कोषमा डिपोजिट गरेका हुन्छन् ।

पुरा पढ्नुहॊस »

पुरानो अन्न स्वास्थ्यका लागि फाइदाजनक हुन्छ: डा. पुनम नेपाल

आजभोलि जंकफुडको चलन छ । तर जंकफुड स्वास्थ्यका लागि भने एकदमै खराब हुन्छ । हामीले कस्ता खानेकुरा कतिबेला खाने ? यसका विषयमा सजग हुनुपर्छ । खाना खाने भन्ने बित्तिकै मात्रादेखि लिएर कुन बेला खाने ? कस्तो किसिमको खानेकुरा खाने ? यसको समय, मात्राका विषयमा जानकार हुनु आवश्यक छ ।

पुरा पढ्नुहॊस »

आजको भोली नै प्राप्त हुने सफलता दिगो हुँदैन : सिइओ श्रेष्ठ (अन्तरवार्ता)

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सिइओ उर्मिला श्रेष्ठसँग गरिएको कुराकानी :- तपाईँ महिलाहरूलाई जागरूक बनाएर उद्यमी बनाउने प्रेरणाको स्रोत हुनुहुन्छ, यतिधेरै सकारात्मक ऊर्जा कसरी आउँछ ? मैले आफ्नो लागि मात्रै सोच्दिन । एक्लैले गरेका कामहरू सफल पनि हुँदैनन् । समूह कार्य बाट नै सफलता हात पार्न सकिन्छ । समूहमा ताकत हुन्छ । मेरो ऊर्जाको स्रोत भनेको सम्पूर्ण महिला दिदीबहिनीहरू हुनुहुन्छ । उहाँहरूको क्षमता, योग्यता, धैर्यता नै सबैभन्दा ठूलो शक्तिको स्रोत हो …

पुरा पढ्नुहॊस »

सञ्चारकर्म र कार्यक्रम व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको छु : राज लुइँटेल (अन्तर्वार्ता)

काठमाडौं । मलाई सबैभन्दा रमाइलो कार्यक्रमहरूको आयोजना गर्न लाग्छ । नयाँ नयाँ व्यक्तिहरूसँग जोडिने मौका मिल्छ । क्षमता र योग्यता हेर्ने अवसर मिल्छ । हाम्रो संस्थामा जोडिएकाहरू हाम्रो संस्थाको नामबाटै चर्चित भएको देख्दा आनन्द लाग्छ । हामीले मञ्च प्रदान गरेका बालबालिकाहरू प्रतिष्ठा कमाएको देख्दा अतिनै आनन्द लाग्छ ।

पुरा पढ्नुहॊस »

पेट्रोल पम्पहरू मापदण्ड विपरीत सञ्चालित छैनन् : अध्यक्ष प्रधान (अन्तर्वार्ता)

काठमाडौँ । सबैभन्दा समस्या आयल निगम र पेट्रोलियम डिलर्स एशोसियसनबीच नै भएको छ । निगमले हामीलाई नियमन गर्न नियम बनाउँदा हाम्रो प्रतिनिधि राखेर त्यो नियम बनाउनुपर्छ ताकि अनुभव, पीर/मर्का र कठिनाइलाई चिन्न र सुझाउन सकिन्छ । हामीबिचमा समस्या भएपछि सरकार र हाम्रोबीचको समस्याका कारण पम्पहरूलाई मार पर्ने गर्छ ।

पुरा पढ्नुहॊस »

बजारको चक्रलाई सुक्ष्मरुपमा विश्लेषण गर्नुपर्छ : अम्बिकाप्रसाद पौडेल (कुराकानी)

काठमाडौं । मेरो बिचारमा १८०० भन्दा तल बजार जाँदैन भन्ने नै हो । तरपनि समय समयमा बजारले त्यो बिन्दुलाई छोएर माथि आएको करिब करिब १ वर्ष हुन थालिसक्यो । हाम्रो हिजो र आजको अवस्थालाई मूल्यांकन गर्दा हिजोभन्दा आज राम्रो छ । विदेशी मुद्रा सञ्चिति र आयातको अवस्थालाई हेर्दा हिजोभन्दा आजको अवस्था ठिक छ ।

पुरा पढ्नुहॊस »

‘मेरो डिजिटल देश’ अभियान : काठमाडौंमा सुन्दर घर उपहार (अन्तर्वार्ता)

काठमाडौं । आउने दिनहरूमा डिजिटल रेमिटेन्स वा बैंक वालेटमा cost लागत कम हुन्छ । लागत कम हुनु भनेको बचत हुनु हो । जसले पैसा पठाईरहनुभएको छ, उहाँहरूलाई पनि सहज हुन्छ । पाउनेले पनि value बढी पाउँछ । नेपालको सन्दर्भमा भन्नुपर्दा हाल रेमिटेन्स १० खर्ब छ । त्यसमा डिजिटल मात्रै गर्न सके वार्षिक १८ देखि २० अर्ब रुपैयाँ बचत हुन्छ ।

पुरा पढ्नुहॊस »

विश्वबजारमा १-२ बैंक डुब्दैमा अर्थतन्त्रमा असर गर्दैन : डेपुटी सिइओ ज्ञवाली (अन्तर्वार्ता)

आजभोलि बैंक र वित्तीय संस्थालाई मात्रै होइन, कसैलाई चित्त नबुझेकै भरमा पनि टार्गेट गर्ने प्रवृत्ति बढेको छ । मेहनत गर्ने, काम गर्ने, नतिजामुखी हुने भन्दा पनि अरूका विषयमा ध्यान केन्द्रित गर्ने प्रचलन छ । अरूलाई गाली गरेर हिरो हुन खोज्ने भएका कारण नकारात्मक विचार र धारणाहरू समाजमा फैलिरहेका छन् । काम गर्न गाह्रो छ । गाली गर्न सजिलो छ । मिडियाले पनि नचाहिँदा विषयवस्तु र अनुचित मागलाई निरुत्साहित गर्नुपर्छ ।

पुरा पढ्नुहॊस »

शेयर बजार: हचुवाका भरमा लगानी गरे डुबिन्छ

सुरक्षित लगानी खोज्नेले शेयर बजारमा प्रवेश गर्ने नै होईन । शेयर बजारमा आम लगानीकर्ताले कारोबार गर्ने भनेकोे साधारण शेयरको कारोबार हो । संस्थापक शेयरमा लगानी गर्नेहरु तुलनात्मक रुपमा बढी ज्ञान भएका हुन्छन् । उनीहरु आमसर्वसाधारण भन्दा बढी जानकार हुन्छन् । सेकेण्डरी मार्केटमा आईपीओ जारी हुने लोटरीको माध्यमबाट बाँडफाँड हुन्छ, त्यो लगानीकर्ता दोस्रो बजारको लगानीकर्ता हुन्छ ।

पुरा पढ्नुहॊस »