बीमा

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा क्रियासिल थिए । चौलागाईसँग बीमा क्षेत्रमा १८ वर्ष लामो कार्य अनुभव छ ।

पुरा पढ्नुहॊस »

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दाबी बीमाको १० लाख भुक्तानी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दाबी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दाबी अनुसार १० लाख रुपैयाँ भुक्तानी गरेको हो । फरवार्डले मृतक मण्डलका श्रीमती चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रूपमा १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उनीहरूलाई एक कार्यक्रमबिच फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, …

पुरा पढ्नुहॊस »

एशियन लाईफ १७ औं वर्षमा प्रवेश, हवाई तथा बैंकिङ क्षेत्रमा लगानी विविधिकरण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०६४ चैत्र २१ गते स्थापित भइ सोही वर्षको फागुन १५ गते तत्कालीन बीमा समितिबाट लाइसेन्स पाएको यस कम्पनीले १६ वर्ष अवधिमा आफूलाई एक परिपक्व, सफल र विश्वासयोग्य बीमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । यस १६ वर्षको अवधिमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०।८१ …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन् …

पुरा पढ्नुहॊस »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो बीमा अभिकर्ताको तालिम

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र १३ देखि १६ गतेसम्म आयोजना गरेको थियो । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमूलक कार्यक्रम

काठमाडौँ । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘Global Money WeeK’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीलेविभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्ज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगन्ज,चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाइएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न सन्देश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर – भद्रकाली – जमल हुँदै पुनः कमलादीमा पुगेर टुङ्गिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने …

पुरा पढ्नुहॊस »

नेपाल लाइफद्वारा जीवन बीमाबारे अन्तरक्रिया कार्यक्रम आयोजन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्न एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौँको होटल एम्बेसडरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस किसिमको …

पुरा पढ्नुहॊस »

सन लाइफ क्यापिटलले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्यापिटलले वित्तयि चेतना अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । २०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय, …

पुरा पढ्नुहॊस »

सकियो क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकाेमा सभाले सर्वसम्मत पारित गरेको छ । उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समूहबाट …

पुरा पढ्नुहॊस »