स्वास्थ्य

कोभिडका ९ बिरामी आइसियू र १ भेन्टिलेटरमा, आइतबार कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७३ जनामा गरिएको परीक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको हो । हाल ९ बिरामी आइसियू र १ भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट थप एकको मृत्यु, ८२ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन् । १६३४ नमूना परीक्षण गरिएकोमा ८२ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो । आज ६५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९० हजार ४०२ पुगेको हो …

पुरा पढ्नुहॊस »

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७७ रहेको …

पुरा पढ्नुहॊस »

अस्पताललाई मन्त्रालयको निर्देशन- कोरोना बढ्यो, तयारी अवस्थामा रहनू

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १।१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, एकैदिन थप १०६ संक्रमित

काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट २४३६ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ र एन्टीजेनबाट १९६० नमुना परीक्षण गर्दा पीसीआरबाट ७४ र एन्टिजेनबाट ३२ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । यो अवधिमा ४८ जना संक्रमित निको भएका छन् …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : थप ५५ जनामा संक्रमण पुष्टि, ३९६ सक्रिय संक्रमित

काठमाडौं । थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १२१६ नमूना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७१ र एन्टीजेनबाट ५४५ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ११ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९६ पुगेको …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोना संक्रमित बढ्दै, बुधबार ९८ जनामा पुष्टि 

काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परीक्षणबाट ७१ र एन्टीजेन परीक्षणबाट २७ जनालाई संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा १७६८ नमुना परिक्षण गरिएको छ । १३४१ एन्टिजेन परीक्षण गर्दा २७ जनामा र ४२७ पीसीआर परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ …

पुरा पढ्नुहॊस »

नेपालमा ओमिक्रोनका ९ सव-भेरिएन्ट सक्रिय : ‘एक्सबीबी १.१६’ पनि पुष्टि

काठमाडौँ । नेपालमा ओमिक्रोनको नौं सव-भेरिएन्ट सक्रिय रहेको पाइएको छ । यस्तै ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिएका छन् । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उनले जानकारी दिए । मन्त्रालयका अनुसार कोभिड-१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्येश्यले राष्ट्रिय जनस्वास्थ्य …

पुरा पढ्नुहॊस »

देशभर थप ३८ जनामा कोरोना संक्रमण, १९४ पुगे सक्रिय संक्रमित

काठमाडौं । थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ७०१ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८५ र एन्टीजेनबाट ५१६ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा १४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको …

पुरा पढ्नुहॊस »

नेपालमा ह्वात्तै बढ्यो कोरोना : २४ घण्टामै थपिए १४२ नयाँ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४२ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १,३६९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ९ …

पुरा पढ्नुहॊस »