स्वास्थ्य

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । आज र भोलि सरकारले सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ …

पुरा पढ्नुहॊस »

बालबालिका भिटामिन ‘ए’ खुवाउने कात्तिक १७ र १८ गते

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैं परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

डेंगुबाट यसरी बच्नुहोस्

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडौं । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ । वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी …

पुरा पढ्नुहॊस »

महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक

काठमाडौँ । प्रा.डा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ वी रिडले बजारमा ल्याएको छ । इन्टरनेट, विकिपेडियाबाट स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी पाउन सकिए पनि अङ्ग्रेजी र जटिल मेडिकल शब्दावलीका कारण बुझाइमा समस्या हुन सक्ने भएकाले आम नेपालीले बुझ्ने गरी नेपाली भाषामा पुस्तक ल्याइएको प्रकाशन संस्थाले जनाएको छ । पुस्तकमा महिला स्वास्थ्यमा आइपर्ने विभिन्न समस्याको सरल तरिकाले व्याख्या गरिएको छ। महिला स्वास्थ्यका कतिपय कुरा, जुन अरूलाई सोध्न र बुझ्न …

पुरा पढ्नुहॊस »

के तपाईँलाई ‘मह’बारे यो रोचक कुरा थाहा छ ?

हामीले खानको लागि प्रयोग गर्ने प्राय सबै खाद्य सामग्रीको खानयोग्य म्याद हुन्छ । सीमित अवधिपछि त्यस्ता खानयोग्य हुँदैन । तर मौरीको मह यस्तो खाद्य बस्तु हो जुन बस्तुको खानयोग्य मिति भन्ने नै हुँदैन । महको खाने म्याद कहिल्यै सकिँदैन । मह एक विशेष प्रकारको रासायनिक संरचनाबाट बनेको हुन्छ जसले गर्दा यो कहिल्यै बिग्रिँदैन । खाने कुरा नष्ट गर्ने कुनै पनि ब्याक्टेरिया वा जीव महमा बस्न सक्दैन । त्यसैले यो कहिल्यै …

पुरा पढ्नुहॊस »

जान्नुहोस् तुलसी सेवनका फाइदाहरू

धार्मिक दृष्टिले तुलसीलाई भगवान विष्णुको स्वरुपका रुपमा लिइन्छ । हिन्दुधर्म अनुसार घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसी रोप्ने र पूजा गर्ने चलन छ । तुलसी पाँच प्रकारका हुन्छन् । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः सबैतीर पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक मानिन्छ । घरमा तुलसी रोप्दा र यसको पुजा गर्दा सुख, समृद्धि प्राप्त हुने हाम्रो मान्यता रहिआएको छ । तुलसीका अनेकौं फाइदा छन् जसलाई यहाँ प्रस्तुत …

पुरा पढ्नुहॊस »

यी सात अस्पतालबाट पाइन्छ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सेवा

काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ । मन्त्री बस्नेतले अभियान सुरु गरेलगत्तै अस्पतालको ओपीडी भवनको तेस्रो तलाबाट खोप लगाउन सुरु गरिने अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यो खोप २०६५ भदौ ३० देखि २०६६ भदौ …

पुरा पढ्नुहॊस »

महाराजगञ्ज शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स

काठमाडौं । त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ । महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका बिभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो । संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ ।

पुरा पढ्नुहॊस »

वात्सल्य क्लिनिक ७औं वर्षमा प्रवेश, ३ हजार भन्दा धेरै नि:सन्तान दम्पतीलाई सफलता प्रदान

काठमाडाैं । नि:सन्तान दम्पतीलाई सेवा प्रदान गर्दै आएको वात्सल्य आईभीएफ सातौं वर्ष प्रवेश गरेको छ। बुधबार सो संस्थाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ७औं वार्षिकोत्सव मनाएको हो। नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दा अधिक दम्पतीलाई आईभी एफ विधि मार्फत् सन्तान प्राप्तिको खुशी दिइरहेको संस्थाले जनाएको छ। संस्थाका अनुसार हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको …

पुरा पढ्नुहॊस »

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकटको व्यवस्था

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ । अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै बुधबारबाटै बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद …

पुरा पढ्नुहॊस »