स्वास्थ्य

बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट

काठमाडौं – रोजगारी गर्न बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका निम्ति छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका निम्ति छानेको हो । पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा १०० नर्स पठाउने योजना छ । तर, मापदण्ड र योग्यताका आधारमा ७१ जनाको मात्र अनलाइन फाराम स्वीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक सूचीमा परेकाहरूको अन्तर्वार्ता आउँदो डिसेम्बर ४ …

पुरा पढ्नुहॊस »

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम (तस्बिरहरुसहित)

काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको …

पुरा पढ्नुहॊस »

पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरूसहित)

काठमाडौँ । पूर्ण स्तनपान प्रवर्द्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । टोखा नगरपालिकासँग समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्त्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको …

पुरा पढ्नुहॊस »

स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस् : डा केसी

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । मन्त्री बस्नेतले आफूलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाएको भोलिपल्ट आइतबार विज्ञप्ति निकालेर डा. केसीले उनलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन् । मन्त्री बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाएका थिए । मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको …

पुरा पढ्नुहॊस »

जाडोमा यसरी गर्नुहोस् छालाको सुरक्षा

काठमाडौं । जाडो याममा वातावरण निकै नै चिसो हुन्छ । जाडो मौसमको सुरुवात सँगै मानिसहरूमा छालाका विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । त्यसैले जाडो मौसम छालाका लागि खासै उचित मानिँदैन । जाडो याममा हामीले छालाको विशेष रूपले हेरचाह गर्नुपर्दछ । यो मौसममा सुख्खा हावा चल्ने भएकोले छालाको नरमपन हरेक दिन हराउने गर्दछ । यस अवस्थामा छालाको तुरुन्तै हेरचाह गर्नु पर्दछ । चिसोले छालामा हुने कोलाजिनलाई सोस्ने हुँदा मोस्चरको कमिले छालालाई …

पुरा पढ्नुहॊस »

उडुससँग जुझ्न दक्षिण कोरियाको सङ्घर्ष, ५ करोड १० लाख छुट्याइयो

काठमाडौँ । दक्षिण कोरियाका अधिकारीहरूले देश भर चिन्ता निम्त्याएको परजीवी किरा उडुसको सङ्क्रमणसँग जुध्न सङ्घर्ष गरिरहेको बताएका छन् । राजधानी सउल, इन्चोन र बुसान शहरमा नोभेम्बर ५ सम्ममा उडुस सङ्क्रमणका कम्तीमा १७ वटा प्रकोपजस्ता घटनाहरूको विवरण आएका छन् । दक्षिण कोरियाको सरकारले उडुससँग जुझ्नका लागि करिब ५ करोड १० लाख रुपियाँ बराबरको रकम नै छुट्याएको छ । दक्षिण कोरियाअघि फ्रान्स र यूकेमा पनि उडुसको प्रकोप देखिएको थियो र त्यसले कतिपय …

पुरा पढ्नुहॊस »

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं । आज र भोलि सरकारले सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ …

पुरा पढ्नुहॊस »

बालबालिका भिटामिन ‘ए’ खुवाउने कात्तिक १७ र १८ गते

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैं परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

डेंगुबाट यसरी बच्नुहोस्

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडौं । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ । वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी …

पुरा पढ्नुहॊस »

महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक

काठमाडौँ । प्रा.डा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ वी रिडले बजारमा ल्याएको छ । इन्टरनेट, विकिपेडियाबाट स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी पाउन सकिए पनि अङ्ग्रेजी र जटिल मेडिकल शब्दावलीका कारण बुझाइमा समस्या हुन सक्ने भएकाले आम नेपालीले बुझ्ने गरी नेपाली भाषामा पुस्तक ल्याइएको प्रकाशन संस्थाले जनाएको छ । पुस्तकमा महिला स्वास्थ्यमा आइपर्ने विभिन्न समस्याको सरल तरिकाले व्याख्या गरिएको छ। महिला स्वास्थ्यका कतिपय कुरा, जुन अरूलाई सोध्न र बुझ्न …

पुरा पढ्नुहॊस »