स्वास्थ्य

देशभरका साढे ५ सय पालिकामा आयुर्वेदका निःशुल्क तीन सेवा : डा. प्रकाश ज्ञवाली (भिडियोसहित)

काठमाडौं । नेपालीले प्राचीनकालदेखि नै आफ्नै गाउँ-घर वरिपरि पाइने जडीबुटीमा आधारित आयुर्वेद औषधिको उपयोगबाट स्वास्थ्य रक्षा गर्दै आएका छन् । लामो कालखण्डदेखि निरन्तर रूपमा चलिआएको आयुर्वेद एउटा वैज्ञानिक पद्धति हो । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानमा मौलिक हकका साथै राष्ट्रका नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको छ ।

पुरा पढ्नुहॊस »

आयुर्वेद चिकित्साबाट नै समाज स्वास्थ्य बन्नसक्छ (भिडियोसहित)

काठमाडौं । वैदिककालभन्दा पहिले सुरु भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो । तर आयुर्वेदिक चिकित्सा पद्धति जहिले पनि आधुनिक ऐलोपेथिक चिकित्सापद्दतिको सेप लागेर ओझेलमा पर्दै आइरहेको छ । चन्द्रागिरि नगरपालिका १५ को वडा अध्यक्ष तथा सामाजिक विकास समितिको संयोजक धनश्याम लुइँटेल आयुर्वेद चिकित्साबाटै नै समाज स्वास्थ्य बन्नसक्ने बताउँछन् । नगरपालिकाको थानकोटमा सुरु गरेको सेवा अहिले मातातिर्थबाट पनि दिइरहेको छ । ‘यसको स्कोट गाउँमा मात्रै होइन शहरी क्षेत्रमा पनि …

पुरा पढ्नुहॊस »

अर्जुनप्रसाद मैनाली, जसले गरे दुई सय ६ पटक रक्तदान

काठमाडौं । विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै आएको बताए । उनका अनुसार उनले विश्वका विभिन्न देशहरूमा एक सय ३४ पटक रगत र ७२ पटक रक्तत्व प्लेलेट्स …

पुरा पढ्नुहॊस »

विश्व क्यान्सर दिवस : किन बढ्दैछ क्यान्सर ?

काठमाडौँ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले गर्‍यो अर्धवार्षिक समीक्षा (तस्बिरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका …

पुरा पढ्नुहॊस »

जाडोमा दमका रोगीले के गर्ने, के नगर्ने ? (भिडियोसहित)

काठमाडौं । जाडोयाम लाग्ने बित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारीरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाइ छ । जाडो भयो …

पुरा पढ्नुहॊस »

नेपालमा पहिलो पटक कोभिड-१९ को जेएन.१ भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको हो । देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा …

पुरा पढ्नुहॊस »

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’ (तस्बिरहरु)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले सिनामंगलमा १५औँ ‘पथ्य आहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नागरिकहरूलाई पथ्य आहार सेवन गर्न प्रेरित गरि स्वास्थ्य प्रवर्द्धन गर्ने उदेश्यले १५औँ ‘पथ्य आहार कार्यक्रम गरेको हो । यो कार्यक्रम गत भदौं सुरु गरिएको हो । ‘पथ्य आहार कार्यक्रम’ ऋतु अनुसारको स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनका लागि सुरु गरिएको कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत परम्परागत खानपानका बारेमा समेत जानकारी दिई हरेक हप्ताको बुधबारका दिन …

पुरा पढ्नुहॊस »

केएमसीले गर्‍यो ४२ दिने शिशुको जन्मजातै हर्नियाको सफल शल्यक्रिया

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका …

पुरा पढ्नुहॊस »

भारतसम्मै आइपुग्यो कोरोनाको JN.1 भेरियन्ट, सचेत रहन स्वास्थ्यविज्ञको सल्लाह

काठमाडौं । संसारभरि लाखौं मानिसको ज्यान लिइसकेको र करोडौं मानिसहरुलाई संक्रमित बनाइसकेको कोरोना भाईरसको नयाँ संक्रमण नेपालको छिमेकी मुलुक भारतसम्म बढ्दो क्रममा देखिएको छ । लक्जम्बर्गबाट सुरु भएको नयाँ सब भेरियन्टको कोरोनालाई JN.1 नाम दिइएको छ । नेपालमा पत्ता नलागिसकेको अवस्थामा उक्त भाईरसको संक्रमण नेपालमा पनि छिटै देखिने सम्भावनालाई नकार्न भने सकिँदैन । भारतलगायतका विश्वका ४० देशमा फैलिइसकेको JN.1 नामक भाईरसका सबैभन्दा पहिलोपल्ट लक्जम्बर्गमा देखिएको थियो । त्यसपछि तीब्र रुपमा …

पुरा पढ्नुहॊस »