विदेश

लिबियामा हिंसा, २०५ जनाको मृत्यु, एक हजार घाइते

काठमाडाैँ । लिबियाको राजधानी त्रिपोलीमा चर्किएको हिंसामा २०५ जनाको मृत्यु भएको छ। लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको हो।  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले  ट्वीट गर्दै यसबारे जानकारी गराएको छ। डब्ल्युएचओका अनुसार त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ। दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन्। लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु …

पुरा पढ्नुहॊस »

जेट एयरवेजका सबै उडान बन्द

काठमाडाैँ । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ । कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा …

पुरा पढ्नुहॊस »

पोर्चुगलमा जर्मन पर्यटक सवार बस दुर्घटना, २८ को मृत्यु, २८ घाइते

काठमाडाैँ । पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु भएको छ। मडिरा टापुको कनिसो नगरमा ५५ यात्रु सवार बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको र अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। चालकले नियन्त्रण गुमाउँदा बस  दुर्घटना भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। त्यस्तै पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना …

पुरा पढ्नुहॊस »

पेरिसस्थित ऐतिहासिक गिर्जाघरमा आगलागी

पेरिस । फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक महत्वको नोट्रे डाम क्याथेड्रल (गिर्जाघर) मा भिषण आगलागी भएको छ । सोमबार (नेपाली समयअनुसार गएराति) भएको सो आगलागीबाट छानो खसेको छ । तर, भवनको मुख्य संरचना र दुईवटा बेल टावर भने जोगिएको अधिकारीहरुले बताएका छन् । सो भवन ८५० वर्ष पुरानो हो । जुन निकै नै कलात्मक मानिन्थ्यो । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई ‘डरलाग्दो दुःख’ भनेका छन् । आगलागीको कारण नखुलेपनि त्यसको पुनःसंरचनाको …

पुरा पढ्नुहॊस »

सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, सरकारका सदस्यहरु पक्राउ

काठमाडौं । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो । सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो । सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु भइरहेका छन् । …

पुरा पढ्नुहॊस »

सुडानमा राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा प्रदर्शन

सुडान । तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा सुडानमा हजारौंले प्रदर्शन गरेका छन् । सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् । हजारौं प्रदर्शनकारीले राजधानी खार्तुमसहितका ठाउँमा प्रदर्शन गरेका हुन् । नयाँ सैन्य काउन्सिलले लगाएको कर्फ्यु …

पुरा पढ्नुहॊस »

भारतमा लोकसभाको निर्वाचन आजदेखि, ९० करोड भारतीयले मतदान गर्ने

काठमाडौं । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ ।  १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिकाभन्दा चार गुणा ठूलो हो । यसपटक ८ करोड ४३ लाख नयाँ मतदाताले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् । १० …

पुरा पढ्नुहॊस »

भाजपाको र्‍यालीमा माओवादी आक्रमण : विधायकसहित पाँचको मृत्यु

काठमाडाैं – भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन् । छत्तीसगढका डीआईजी पी सुंदरराजले बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन् । एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुनाव प्रचारका लागि पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन् । Strongly condemn the Maoist attack in Chhattisgarh. …

पुरा पढ्नुहॊस »

ट्रम्प प्रशासनकी प्रभावशाली मन्त्रीले दिइन् राजीनामा

काठमाडाैँ । मेरिकाकी होमल्याण्ड सेक्युरिटी मन्त्री कर्स्टजेन निएल्सनले राजीनामा दिएकी छन् । सीमा सुरक्षा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादस्पद नियमहरु कार्यान्वयन गरेकी मन्त्री कर्स्टजेनले राजीनामा दिएकी हुन् । उनले होमल्याण्ड सेक्युरिटी मन्त्रालयमा रहेर काम गर्न पाउनु सम्मानको कुरा रहेको उल्लेख गरेकी छन् । उनको ठाउँमा तत्कालका लागि कस्टम एण्ड बोर्डर प्रोटेक्ससन कमिसनर केविन म्याकएलीननले जिम्मेवारी सम्हाल्ने राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका छन् । कर्स्टजेनको कार्यकालमा प्रस्तावित सीमा पर्खाल …

पुरा पढ्नुहॊस »

माल्दिभ्समा राष्ट्रपति सोलिहको पार्टीलाई भारी बहुमत, ८७ मध्ये ६० मा जीत

काठमाडाैँ । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीले भारी बहुमत प्राप्त गरेको छ।  संसदका ८७ सिटका लागि भएको मतदानमा ६० भन्दा बढी सिट राष्ट्रपति सोलिहको द माल्दीभीयन डेमोक्र्याटिक पार्टीले जितेको हो। मतगणनाको अन्तिम नतिजा भने आइबार सार्वजनिक गरिनेछ। संसदीय चुनावमा पार्टीले भारी बहुमत प्राप्त गरेपछि पूर्व राष्ट्रपति एवम् पार्टीका संस्थापक नेता मोहमद नासिद पनि स्वदेश फर्किने भएका छन्। उनी केही वर्षदेखि निर्वासित जीवनमा थिए। आफ्नो पार्टीले अभूतपूर्व …

पुरा पढ्नुहॊस »

Responsive WordPress Theme Freetheme wordpress magazine responsive freetheme wordpress news responsive freeWORDPRESS PLUGIN PREMIUM FREEDownload theme freeDownload html5 theme free - HTML templates Free Top 100+ Premium WordPress Themes for 2017 Null24Món ngon chữa bệnhCây thuốc chữa bệnhNấm đông trùng hạ thảo