मनॊरञ्जन

गायिका रचना रिमाल सवार स्कार्पियोलाई ट्रकले ठक्कर दियो

काठमाडौँ । गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३-०१ ख २११८ नम्बरको ट्रकले आइतबार  बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो । रिमालको अवस्था सामान्य नै छ । दुर्घटनाका कारण उनी आइतबार महोत्सवमा भने उपस्थित हुन सकेकी थिइनन् । उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । आज (सोमबार) महोत्सवमा आफ्नो प्रस्तुति रहने …

पुरा पढ्नुहॊस »

चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री बन्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो । फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ । यो चलचित्र नायक रमित ढुंगानाको हो । यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना नै हुन् । यस चलचित्रको छायांकन फागुन दोस्रो साताबाट …

पुरा पढ्नुहॊस »

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गर्दै हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’ मा देखिने भएका छन् । ‘खजुरे ब्रो’ मा उनी विशेष भूमिकामा देखिँदै छन् । निर्माण टिमका अनुसार फिल्ममा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन …

पुरा पढ्नुहॊस »

अभिनेत्री रेखा थापा भन्छिन्- देशको माया हुनेले आफ्ना सन्तान नेपाल बोलाए हुन्थ्यो !

काठमाडौं । अमेरिकामा बच्चा जन्माउने योजनामा रहेकी अभिनेत्री रेखा थापा यतिबेला चर्चामा छन् । ठूला सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै मत विभाजित भएको हो । उनीबारे पक्ष विपक्षमा तर्क भइरहँदा रेखाले शनिबार साँझ एक्समार्फत देशको माया हुनेहरूले आफ्ना सन्तान नेपाल फिर्ता बोलाए हुने बताएकी छन् । ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो,’ उनले भनेकी छन्, ‘अमेरिकामा किन राखेको ?’ देशको माया हुनेहरुले आफ्नो …

पुरा पढ्नुहॊस »

प्रताप दास र निता आचार्यको ‘झिम झिम परेली’ सार्वजनिक

काठमाडौँ । प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताए । उनले गीत झिम झिम परेली सबैले रुचाउनेमा विश्वस्त रहेको बताए । उनले विदेशमा रहेर पनि नेपाली कला,संगीत र नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी भएको …

पुरा पढ्नुहॊस »

‘तिम्रो माया रैछ बैमानी’ भन्दै सन्तोष र प्रीति

काठमाडौं । सन्तोष कालिकोटे र प्रीति रिमालको स्वर रहेको गीत ‘तिम्रो माया रैछ बैमानी’ सार्वजनिक भएको छ । सन्तोषकै शब्द/संगीत र जीवनबाबुको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नीरज श्रेष्ठको निर्देशन रहेको भिडियोमा सुजनबाबु गुरुङ, सुनिता लामा, अनिल कटुवाल र माया लामालाई फिचर्ड गरिएको छ । राम केसीले खिचेको भिडियो अमृत चापागाको सम्पादन र यमुना पाण्डेको शृंगार छ ।

पुरा पढ्नुहॊस »

मेनुका पौडेलले अब आँखा देख्न सक्ने !

काठमाडौं । इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भइसकेकी मेनुका पौडेल उपचारपछि देख्न सक्ने हुने बताइएको छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले हिंड्न, मान्छे चिन्न र पढ्नसक्नेछन् । मेनुकालाई यो उपचारमा इण्डियन आइडलले मद्दत गर्ने भएको हो । आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने …

पुरा पढ्नुहॊस »

तिलक, विष्णु र जयको स्वरमा ‘काँचो पात’

काठमाडौं । तिलक रामदाम, विष्णु परियार र जय देवकोटाको स्वर रहेको गीत ‘काचो पात’ सार्वजनिक भएको छ । राजन बाबू पन्तको शब्द, सागर लामाको संगीत र हेमन्त कान्छा रसाइली संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सेर साउदले निर्देशन गरेको गीतको भिडियोमा तिलक र जुना कार्की फिचर्ड हुनुहुन्छ । मुकेश हुमागाईंले खिचेको भिडियो विनोद बमको रंग संयोज र सम्पादन छ । मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलीमा …

पुरा पढ्नुहॊस »

अमेरिकामा रेखा दम्पतीको ‘बेबी सावर’ (तस्बिरहरु)

काठमाडौं । कलाकार रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् । रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्बिर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् । बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । उनका श्रीमान् …

पुरा पढ्नुहॊस »

इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिन् मेनुका पौडेल

काठमाडौं । नेपालकी गायिका मेनुका पौडेल इण्डियन आइडल १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टप टेनमा प्रवेश गरेकी हुन् । बटम थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भएको छ । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको एपिसोडबाट भएको हो । उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन …

पुरा पढ्नुहॊस »