मनॊरञ्जन

अब गुनगुनाएको भरमा युट्युबमा म्युजिक खोज्न सकिने

काठमाडौं । युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुशीको खबर छ । यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद छैन । त्यो गीतको ट्युन गुनगुनाएर शव्द सम्झन खोज्छौ तर ठ्याक्कै शब्द सम्झन नसक्दा कयौं पटक आफ्नो मन पर्ने गीत खोज्न सकिन्न । अब युट्युबले आफ्ना प्रयोगकर्ताको यो समस्या हटाएको …

पुरा पढ्नुहॊस »

‘सिड्नी ब्लुज’ मा पुष्पल र अञ्जनाले अभिनय गर्ने

काठमाडौँ । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’ मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेका छन् । हाल प्रि प्रोडक्सनमा रहेको यो चलचित्रमा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै छन् । जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस चलचित्रमा आफ्नो …

पुरा पढ्नुहॊस »

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड-२०२४’ को उपाधि

काठमाडौं । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् । क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइ दिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् । प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए । यस पटकको प्रतियोगितामा …

पुरा पढ्नुहॊस »

आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले हिम्मत नहारी अप्ठ्यारा परिस्थितिको सामना गर्न सम्पूर्ण नारीहरूलाई आग्रह गरेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिकसञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेकी हुन् । आफूले धेरै अप्ठ्यारा परिस्थितिको सामना गरेर अघि बढेकाले आजभोलि आफू लडाकु जस्तै बनेको समीक्षाले बताएकी छिन् । ‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्‍यो । धेरै पटक मार्‍यो । तर पनि …

पुरा पढ्नुहॊस »

कृष्ण कँडेलविरुद्धको दुर्व्यवहारसम्बन्धी मुद्दा फिर्ता

काठमाडौं । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता लिएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र …

पुरा पढ्नुहॊस »

‘केटी हराएको सूचना’ मा सृष्टीसँग जोडी बाँध्दै नाजिर

काठमाडौं । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार स्क्रिप्ट पूजा गर्दै नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो । यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र …

पुरा पढ्नुहॊस »

वैभव गुप्ताले जिते इन्डियन आइडल १४’को उपाधि

काठमाडौं । भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को उपाधि वैभव गुप्ताले जितेका छन् । आइतबार भएको फिनालेमा वैभव विजेता घोषित भएका हुन् । वैभवले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ र एक ब्रेजा कार पाए । फर्स्ट रनरअप शुभदीप दास, सेकेन्ड रनरअप पियुष पन्वार बन्दा र अनन्या पाल थर्ड रनरअप घोषित भए । नेपालकी मेनुका पौडेलले पनि इन्डियन आइडलमा सहभागी जनाएकी थिइन् । तर, उनी शीर्ष १० सम्म मात्रै अटाउन …

पुरा पढ्नुहॊस »

गायिका निता आचार्यले ल्याइन् ‘चुप चाप…’ (भिडिओसहित)

काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल …

पुरा पढ्नुहॊस »

निशु काफ्लेले जितिन् ‘मिसेस नेपाल आइडल-२०२४’को उपाधि

काठमाडौँ । मिसेस नेपाल आइडल २०२४ को उपाधि सप्तरीकी निशु काफ्लेले जित्न सफल भएकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा शुक्रबार कार्यक्रममा उनले ताज पहिरन सफल भएकी हुन् । ताजसँगै उनले इजिष्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत पाप्त गरेकी छन् । यो नेपाली विवाहित महिलाहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको आठौँ संस्करण हो । प्रतियोगितामा राजेश्वरी अमात्य फस्ट रनरअप र रुपा खवास सेकेन्ड रनरअप हुन सफल भइन् । चर्चित …

पुरा पढ्नुहॊस »

‘अगस्त्य’ को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शोहरू उपलब्ध

काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ । यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ …

पुरा पढ्नुहॊस »