मनॊरञ्जन

मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिभल हुने

काठमाडौँ । इन्टरनेशनल एसोसिएसन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिभल हुने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिभलमा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरूको उपस्थिति रहनेछ । महोत्सवमा नेपाल लगायत विभिन्न देशका महिला निर्देशकहरूको सहभागिता रहनुकासाथै विभिन्न महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । …

पुरा पढ्नुहॊस »

आजदेखि हल-हलमा फिल्म ‘दिमाग खराब’

काठमाडौं । तिहारको छेको पारेर फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ । बिहीबार साँझ ललितपुरमा प्रिमियर शो गरिएको फिल्म आजदेखि देशभरका हलहरुमा लागेको हो । प्रिमियर शोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेका थिए । ‘लुट’ फिल्मका निर्देशक बस्नेतले झण्डै सात वर्षपछि निर्देशन गरेको यो फिल्ममा नेपालको समसामयिक राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि स्थानिय निकायमा सेवाग्राहीले झेल्नु …

पुरा पढ्नुहॊस »

बैंकिङ कारोबारबारे भिडियोमार्फत ग्राहकलाई जनचेतना दिँदै सिटिजन्स बैंक (भिडियोसहित)

काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनु पर्ने जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने कुरालाई मध्यनजर गर्दै उक्त भिडियो सार्वजनिक गरेको हो । डिजिटल मोनिले पैसाको कारोबार गर्ने सजिलो बनाएसँगै सुरक्षित पनि हुनु पनि आवश्यक रहेको भिडियोमा भनिएको छ । आफ्नो मोबाइलमा मोबाइल बैंकिङ एप डाउनलोड गरी कारोबार गर्नका लागि सबैलाई अनुरोध गरिएको छ । सबै कारोबार डिजिटल्ली …

पुरा पढ्नुहॊस »

आउने माघमा आमा बन्दै अभिनेत्री रेखा थापा

काठमाडौँ । पछिल्लो समय राजनीतिमा सक्रिय भएकी अभिनेत्री रेखा थापा गत संसदीय निर्वाचनमा पराजित भइन । तथापि, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रेखा आधादशकपछि चलचित्र निर्माणमा उत्रिएकी छन् । उनले निर्माण गरेको चलचित्र उपहार आगामी २५ फागुनबाट रिलिजको घोषणा गरेकी छन् । काठमाडौंमा यो चलचित्रको ‘वाह् वाह् वाह्’ गीतको भिडियो रिलिज गर्दै उनले फिल्म रिलिज मिति घोषणा गरेकी हुन् । यो गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, …

पुरा पढ्नुहॊस »

काठमाडौंबाट सुरू गरियो ‘महाजात्रा’को छायाङ्कन

काठमाडौं । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौंबाट सुरू गरिएको छ । काठमाडौंमा अधिकांस र जनकपुरमा केही छायाङ्कन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । कथा अगाडी बढाउने आइडियामा निर्माण समुह सहमत भएपछि सुरू गरेका हौँ । यसको छायाङ्कन सेड्युल ४५ दिन तय गरेका छौँ’, कार्यकारी निर्माता बानियाँले …

पुरा पढ्नुहॊस »

सबैभन्दा बढी कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ युट्युवमा रिलिज

काठमाडौं । व्यापारिक रुपमा निकै नै सफल मानिएको फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । बासुरी फिल्मस्ले आज आफ्नै युट्युब च्यानलमा यो फिल्म रिलिज गरेको हो । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले हलबाट मात्र २२ करोडको् ग्रस कलेक्शन गरेको थियो । विदेशी बजारबाट पनि यो फिल्म निकै नै राम्रो कमाई गरेको थियो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बिजय बराल, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय …

पुरा पढ्नुहॊस »

चर्चामा दूतराजको ‘रिमै…’ (भिडियो)

काठमाडौं । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’ जस्ता गीत हिट गीत श्रोता/दर्शकमाझ पस्किनुभएका गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै…’ चर्चामा छ । यो गीतले युट्युबमा २८ लाख बढी भ्युज पाएको छ भने टिकटकमा त्यतिकै रुचाइएको छ । प्रकाशलाई ‘रिमै…’मा मेलिना राईले स्वरमा साथ दिनुभएको छ । मेलिनासँग प्रकाशको यो दोस्रो सहकार्य हो । यसअघि उहाँहरूको ‘जुन माया’ आएको थियो । …

पुरा पढ्नुहॊस »

नबिल बैंकले विदेशिने युवाहरुलाई लक्षित गर्दै ल्यायो दशैं भिडियो (भिडियोसहित)

काठमाडौँ । युवाहरूको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दसैँ भिडियो सार्वजनिक गरेको छ ।

पुरा पढ्नुहॊस »

‘बिच्छेद’को टिजर र पोष्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिच्छेद’को टिजर र पोष्टर सार्वजनिक भएको छ । अगामी मंसिर ८ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको टिजरमा एक दम्पतीको सम्बन्ध र बाध्यताका देखाउन खोजिएको छ । सत्यराज चौलागाईंको निर्देशन रहेको चलचित्र नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकमा समेत एकसाथ प्रदर्शनको तयारीमा छ । चलचित्रका निर्माता राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुनुहन्छ । फिल्मको कथा अभिनेता मुकुन भुसालको रहेको छ भने पट्कथा निर्देशक चौलागाईंले नै …

पुरा पढ्नुहॊस »

मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका हुन् । पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिन जानकारी …

पुरा पढ्नुहॊस »