उर्जा

Energy related news.

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले बोलायो वार्तामा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई आज दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । वार्ता प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा गरिने भएको छ । मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिको संलग्नतामा सबस्टेसन निर्माणमा अवरोध हुँदै …

पुरा पढ्नुहॊस »

कुलमान पुगे ठमेल, गुजुल्टिएका तार हटाएर सफा बनाइँदै

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रुपमा चलिरहेको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल …

पुरा पढ्नुहॊस »

नेपालले पुस महिनासम्ममा भारतलाई बेच्यो ११ अर्ब १६ करोडको बिजुली

काठमाडौं – सुख्खा मौसम शुरु गएर नदीहरुमा जल सहत घट्न थालेपछि नेपालले भारततर्फ बिजुली निर्यात रोकेर आयात थालेको छ । चिसो बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत शहरमा विद्युत् माग बढ्नु र नदीमा पानीको बहाव घट्न थालेपछि निर्यात रोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम हुन थालेपछि विद्युत् निर्यात बन्द गरी आयात थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । घिसिङले देशभित्रको उत्पादन …

पुरा पढ्नुहॊस »

सुख्खा याम लागेसँगै भारतबाट बिजुली खरिद शुरु

काठमाडौं । बर्खा याममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद शुरु गरेको हो । हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ । गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । बिहान करिब ३ बजेदेखि …

पुरा पढ्नुहॊस »

सनिगाड हाइड्रो लिमिटेडको साधारण शेयर निष्काशन सम्झौता

काठमाडाै । रजिष्टर्ड कार्यालय धोवीघाट ललितपुर रहेकाे बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१०० अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न श्री सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको वताएकाे छ । साधारण शेयर निष्काशन कार्यको लागि …

पुरा पढ्नुहॊस »

बाराही हाइड्रोपावरको आईपीओ खुला

काठमाडाै । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले प्रति शेयर रु एक सय अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको वताएकाे छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट …

पुरा पढ्नुहॊस »

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिस्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो …

पुरा पढ्नुहॊस »

भारतमा थप २३.५ मेगावाट विद्युत निर्यात गर्न अनुमति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति …

पुरा पढ्नुहॊस »

जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

काठमाडौँ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो । यसअघि कूल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ । प्राधिकरणले परवानीपुर १३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् …

पुरा पढ्नुहॊस »

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली भारत निर्यात

काठमाडौँ । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ । देशभित्र खपत गरी बचेको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ कमाएको छ । प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड …

पुरा पढ्नुहॊस »