उर्जा

Energy related news.

इप्पानको अध्यक्षका लागि गणेश कार्कीले उमेदवारी दिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनले उपाध्यक्ष र महासचिवका उम्मेदवारसहित अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । कार्की वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । उनको टिममा उपाध्यक्षमा हालका उपाध्यक्ष मोहन कुमार डाँगी र महासचिवमा हालका सचिव बलराम खतिवडाले उमेदवारी दिने घोषणा गरे । इप्पानको २१औँ वार्षिक साधारण जेठ ३२ गते हुनेछ । जेठ ३२ गते बिहान ९ …

पुरा पढ्नुहॊस »

४१ वर्षअघिको मुआब्जा माग्दै प्रसारण लाइनको तार फेर्न अवरोध

काठमाडाैं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा रहेको सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेर्ने काममा अवरोध गरेका छन् । झण्डै ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखेर स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण गएको वैशाखको पहिलो हप्तादेखि काम ठप्प छ । नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल …

पुरा पढ्नुहॊस »

विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओ

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खुलेको छ । सीईओ पदका लागि दरखास्त दिने म्याद आजदेखि १५ दिनको समय छ । ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष हुने यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्दछ । साथै इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत …

पुरा पढ्नुहॊस »

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ । दुई देश बीच विद्युत् व्यापारका लागि …

पुरा पढ्नुहॊस »

उद्योगमा बिजुली अवराेधकाे समस्या १५ दिनभित्रै समाधान हुन्छ : प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विनाजानकारी उद्योगहरुको विद्युत आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरुसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे । यस वर्ष हिउँ/पानी नपरेर शुख्खायाम लम्बिंदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादनमा …

पुरा पढ्नुहॊस »

सुपरमादी जलविद्युत आयोजना पूरा, प्रसारण लाइनमा जोडियो

काठमाडौं । मादी नदीमा निर्माण भएको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाबाट उत्पादन भएको बिजुली शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हो । उक्त आयोजना कास्कीकै सबैभन्दा ठूलो आयोजना हो । व्यावसायिक उत्पादन भने १५ दिनपछि सुरु हुने आयोजनाको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए । शनिबार बिजुली पोखरा स्थित लेखनाथ सवस्टेसनमा जोडिएको छ । यस आयोजनालाई निजी क्षेत्रबाट निर्माण गरिएको दोस्रो ठूलो आयोजनाका रूपमा दाबी गरिएको …

पुरा पढ्नुहॊस »

नेपालले अब चाहेका बेला भारतबाट विजुली किन्न सक्ने, आयात-निर्यात मूल्य पनि बराबर

काठमाडौं । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रवार सकिएको समितिको १४औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य …

पुरा पढ्नुहॊस »

तनहुँ जलविद्युत आयोजना : डाइभर्सन टनेलको ‘ब्रेक थ्रु’

काठमाडाैँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ) को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनु पर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार नदीको सतहमा …

पुरा पढ्नुहॊस »

तामाकोसी-काठमाडौं प्रसारण लाइन असारभित्रमा सक्न समयसीमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन …

पुरा पढ्नुहॊस »

असारभित्र बाह्रबिसे सबस्टेसन निर्माण सक्न चिनियाँ कम्पनीलाई कुलमानको चेतावनी

काठमाडाैँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थल निरीक्षण भ्रमण गर्दै आउँदो असारभित्र निर्माणको काम सक्न कम्पनीहरूलाई चेतावनी दिएका छन् । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । आयोजना …

पुरा पढ्नुहॊस »