आर्थिक

मंगलबार पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । कारोबारमा …

पुरा पढ्नुहॊस »

आईस्पान भन्छ- इन्टरनेटका ग्राहकबाट अनावश्यक शुल्क लिएको छैन, रोयल्टी सरकारलाई बुझाइसकेका छौं (विज्ञप्तिसहित)

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले ग्राहकबाट अनावश्यक शुल्क नलिएको दाबी गरेको छ । आईस्पानले विज्ञप्ति जारी गर्दै गैरदूरसंचार सेवा अन्तरगत सपोर्ट एण्ड मेन्टेनेन्समा ग्राहकहरूबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष आरटीडीएफ नउठाएको प्रश्ट पारेको हो । इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट लिइएका कानुन बमोजिमका शुल्कको आरटीडीएफ तथा रोयल्टी सरकारलाई बुझाएको बताएको छ । दूरसंञ्चार नियमावली २०५४ को नियम १५ मा संशोधन गरी दूरसञ्चार सेवा अन्तर्गतका फिक्स्ड वायर्ड …

पुरा पढ्नुहॊस »

नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । आर्थिक बर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रुपमा डोर्याएको हुनेछ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको …

पुरा पढ्नुहॊस »

जीडब्लूएमका गाडीहरुमा सानदार नववर्ष अफर सार्वजनिक

काठमाडौँ । जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ । यो योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ । अफर मार्फत ग्राहकहरूले ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

झनै भव्य अनि उत्कृष्ट उपहारहरुका साथ राकुटेन भाइबरले फेरि ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान

एक्सप्लोर नेपाल च्यानलका सब्सक्राइबरहरूले डोमेस्टिक बस र फ्लाइट टिकटदेखि लग्जरी रिसोर्टहरूमा फ्री स्टेसम्मका आकर्षक  उपहारहरु जित्ने मौका पाउनेछन् । काठमाडाैं । वैशाख एक गते नजिकिँदै गर्दा उत्साह, उत्सव र अन्वेषणको एक भाइब्रेन्ट अवसरको रुपमा आउने नयाँ वर्षलाई स्वागत गर्न नेपाल तयार हुँदैछ । यस शुभ समयमा घुमफिरको मोहलाई अँगाल्न, राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ । यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक …

पुरा पढ्नुहॊस »

घट्यो शेयर बजार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ । विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार …

पुरा पढ्नुहॊस »

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

काठमाडौँ । हुन्डाई अटोमोवाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ग्राहकहरू माझ ल्याएको छ । उक्त ग्राहकमुखि योजना यही चैत्र १९, २०८० देखि नेपाल भरि सुरु भएको हो । आफ्नो ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकहरूले कुनै पनि हुन्डाई गाडीको खरिदमा …

पुरा पढ्नुहॊस »

सेगवेको नयाँ वर्ष विशेष अफर सार्वजनिक

काठमाडौँ । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले नयाँ वर्ष २०८१ को अवसरमा सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ल्याएको छ । १९ चैतदेखि १८ वैशाखसम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा ग्राहकहरूले विशेष नगद छुटको मजा लिन सक्नेछन् । साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् । विशेष गरी ई१२५ र ई११०एल मा रु.२५,००० सम्म, ई१०० मा रु.२०,००० सम्म र एन१०० …

पुरा पढ्नुहॊस »