News desk

एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (न्युरो अस्पताल) बिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएकाे छ । बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश …

पुरा पढ्नुहॊस »

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए सपथ

काठमाडौं । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुन् भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुन् । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम …

पुरा पढ्नुहॊस »

हतियारधारी समूहले लुट्यो ‘मनि ट्रान्सफर’को १५ लाख

काठमाडौं । सिराहामा हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् । जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका …

पुरा पढ्नुहॊस »

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेशप्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८(२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएका थिए । नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन …

पुरा पढ्नुहॊस »

‘जीवन्त सम्बन्ध’ पुस्तक बिक्रीबाट प्राप्त रकमले देशैभर छात्रवृत्ति प्रदान गरिने

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ । पुस्तक बजारमा आएको …

पुरा पढ्नुहॊस »

चैतसम्मको ब्याज-किस्ता वा पूरै कर्जा तिरे एनआईसी एसियाका ऋणीले पाउनेछन् यस्तो छुट

काठमाडौं । एनआईसी एसिया बैंकले ऋणीहरुलाई चैत महिनामा केही छुट दिने भएको छ। बैंकले गत पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा यस्तो छुट दिनलागेको हो। सम्बन्धित ऋणीले आफ्नो २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र …

पुरा पढ्नुहॊस »

सभामुख र मनाङेको समेत समर्थनमा अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । गण्डकीमा एमालेका २२, माओवादीका ८ र …

पुरा पढ्नुहॊस »

गृहमन्त्री लामिछानेमाथि गहिरो अनुसन्धान हुनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछाने विषयमा संसदीय बन्नुपर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियनको बुटवलमा राखेको पत्रकार सम्मेलन बोल्दै भण्डारीले प्रजातान्त्रिक व्यवस्था प्रश्न उठेपछि संसदीय छानबिन गरेर प्रस्ट पार्नु स्वाभाविक रहेको बताएका हुन् । छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको उनले बताए । ‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता …

पुरा पढ्नुहॊस »

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, आज २९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज मूल्य प्रतितोला २९ सयले वृद्धि भई हालसम्मकै उच्च मूल्य कायम भएको हो । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार …

पुरा पढ्नुहॊस »

लुम्बिनीमा आजै सानो आकारको मन्त्रिमण्डल बन्ने

काठमाडौं । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ खाँदैछन् । शपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संघको राजनीतिक फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । नयाँ बनेको गठबन्धनबाट पाँच दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त …

पुरा पढ्नुहॊस »