News desk

प्रभु महालक्ष्मी लाइफले गर्यो एमडिआरटी सम्मान कार्यक्रम

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन उनले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने भन्दै सबैको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैँ साथ–सहयोग …

पुरा पढ्नुहॊस »

महरालाई सीआइबी कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल्याइएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि रुपन्देहीबाट पक्राउ परेका महरालाई सीआईबीको कार्यालय लाजिम्पाट उपस्थित गराइएको हो । सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लगिने छ । उनी काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै …

पुरा पढ्नुहॊस »

महरालाई पक्राउ गरेकोमा गगनले दिए सरकारलाई धन्यवाद, गृहमन्त्रीमाथि उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रमा उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा धन्यवाद दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सुन प्रकरणमा मुछिएका महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् । सांसद थापाले महरामाथि अनुसन्धान गर्न नेपाली कांग्रेसको पनि सरकारलाई पूर्ण साथ रहने बताए । ‘आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर हामीले समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद …

पुरा पढ्नुहॊस »

म्याग्दीको अन्नपूर्णमा जीप खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका-५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए । सडकदेखि करिब २०० मिटर तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाछ दुई जनाको शव …

पुरा पढ्नुहॊस »

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा हिँडेका महरालाई प्रहरीले केही बेरअघि रुपन्देहीबाट पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी दिए । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका …

पुरा पढ्नुहॊस »

चिसापानीमा बाइक पल्टियो, चालक गम्भीर घाइते

काठमाडौं । कैलालीस्थित चिसापानी र लम्कीचुहा नगरपालिकाको बिचमा गोरुङ्गेमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा पञ्चपुरी नगरपालिका–६ सर्खेतका मोटरसाइकल चालक प्रकाश बुढा गम्भिर घाइते भएका हुन् । चिसापानीबाट लम्कीतिर आइरहेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते बुढाको लालरत्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

जसले एकल बनेकी बुहारीको बिहे गरिदिए…

काठमाडौं । गुल्मीको एउटा परिवारले आफ्नो छोराको मृत्युपछि एकल बनेकी बुहारीको अर्को बिहे गराइदिएको छ । गुल्मीको शान्तिपुर घर भई रुपन्देहीको बुटवल बस्ने लक्ष्मीधर गौतमको परिवारले छोरा ध्रुव गौतमको मृत्युपछि उनकी पत्नी (बुहारी) धना न्यौपानेलाई अन्माएर पठाएको हो । लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो । निधनको समयमा ध्रुव २७ वर्षका थिए । निधनको तीनवर्ष अघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो । ‘छोराबुहारी …

पुरा पढ्नुहॊस »

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइसकेको छ । शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । साझा कार्यक्रममा संविधानको …

पुरा पढ्नुहॊस »

ट्याक्टर पल्टिँदा १९ वर्षीय चालकको मृत्यु, ट्याक्टर धनी फरार

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २-०२-००१ त ०४३५ नम्बरको ट्याक्टर पल्टिँदा त्यसका चालक बसबरिया गाउँपालिका-३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका-३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । दुर्घटनाको बेला ट्याक्टर धनी बसबरिया गाउँपालिका-३ का अन्दाजी …

पुरा पढ्नुहॊस »

यस्तो छ संसद्को कार्यसूची, अवरोधकै तयारीमा कांग्रेस

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । यसअघि आइतबारका लागि बोलाइएको संसद बैठक जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरी स्थगित भएको थियो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत …

पुरा पढ्नुहॊस »