news

काे हुन् आँचल शर्मा ?

आँचल शर्मा नेपालकी अहिलेकी चर्चित प्रतिभाशाली अभिनेत्री हुन् । उनको जन्म १९९५ मार्च १८ मा काठमाडौं नेपालमा भएको थियो । उनी ५ फिट ५ इन्च अग्ली छिन् । उनका बुबा “उत्तम दवाडी“ र आमा “मीरा दवाडी“ हुन् र उनको एउटा भाइ पनि छन्। उनको पूरा नाम आँचल शर्मा हो । आँचल शर्माले ‘काठमाडौं इन्टरनेशनल स्कुल’ बाट स्कुलिङ र हाईस्कूलको शिक्षा हासिल गरिकी छिन् साथै BSW मा उच्च शिक्षा पनि हासिल …

पुरा पढ्नुहॊस »

आदि पुरुषकाे कमाइ घट्याे

काठमाडौं । नकारात्मक ‘वर्ड अफ माउथ’ ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ आदिषुरुष चलचित्र । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोमबार  हिजाे मात्रै यसले भारतमा ९ देखि १० करोड कमाएको जनाइएको छ । यो गिरावट शुक्रबारको कमाइको तुलनामा ७३ प्रतिशत हो । फिल्मको कथा वस्तुलाई लिएर छिमेकी मुलुक नेपालमा विरोध प्रदर्शन र आलोचना समेत …

पुरा पढ्नुहॊस »

नेपाल बैंक लिमिटेडमा जागीर खुल्याे

काठमाडाै ।  असार १ गते नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । बैंकले चौथो देखि छैटौँ तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । बैंकले खुलाप्रतियोगिता द्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने गरी बैंकले आवेदन खुलाएको छ । दाेब्बर दस्तुर तिरेर थप एक साता (असार २८) गतेसम्म आवेदन दिन सकिने छ …

पुरा पढ्नुहॊस »

हङकङमा ‘जारी’

काठमाडौं । देशभित्र ‘ब्लकबस्टर’ कमाइ गरिरहेको ‘जारी’ को कमाउने गति बढ्दै गएको छ । अहिले पनि नेपालका केही मल्टिप्लेक्समा चलिरहेको फिल्मले डायस्पोरा बजार पनि तताइरहेको छ । नेपालमा साढे १६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाएको फिल्मले डायस्पोरा प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । नेपाली समुदायको बाहुल्यतामा निर्माण भएको जारी चलचित्रले हङकङमा केही दिनअघि मात्र फिल्मको प्रिमियर गरेको छ । दयाहाङ राई, मिरुना मगर र रेखा लिम्बुसहितका कलाकार उपस्थित रहेको थियो । …

पुरा पढ्नुहॊस »

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं । राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भएर ९०३ अर्ब ३९ करोड रुपैयाँ पुगेको वताएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकका अाधारमा  रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम …

पुरा पढ्नुहॊस »

बालकृष्ण खाँणलाइ अदालत लैजाने तयारी

काठमाडाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको जानकारी प्राप्त भएकाे छ। आज बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु पुर्याइएको छ। प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेर खाँणलाई  बिहान पक्राउ गरेको थियो।  बाँकी अदालती प्रक्रिया पुरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको प्रहरीले जनाएको छ। उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

पुरा पढ्नुहॊस »

कृत्रिम फोक्सो १५ दिनमै कालो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा उच्चस्तरको प्रदूषण रहेको उल्लेख गरेकाे छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा उच्चस्तरको प्रदूषण रहेको भन्दै यसबाट जोगिन आम नागरिकलाई अपिल गरेको छ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा प्रदूषणको कारणले स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो रंगकाे भएको छ । मन्त्रालयले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असर थाहा पाउन सहज भएको बताएकाे छ । नेपालमा …

पुरा पढ्नुहॊस »

उपसभामुख निर्वाचित भइन् सांसद इन्दिरा रानामगर

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । आज शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ बसे । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र …

पुरा पढ्नुहॊस »