माेहन सिपाडाेल

४ शाखा थपिए महालक्ष्मी विकास बैंकको

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चार शाखाहरु थपेको छ । बैंकले शुक्रबारदेखि कारोबार सञ्चालन गर्ने गरि एकैसाथ चार नयाँ शाखाहरु थपेको हो । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ६, विरेन्द्रनगर स्थित सुर्खेत शाखा, बाकेँको कोहलपुर नगरपालिका वडा नं १०, कोहलपुर स्थित कोहलपुर शाखा, सिराहाको लहान नगरपालिका वडा नं १, लहान स्थित लहान शाखा तथा नवलपुरको कावासोती नगरपालिका वडा नं ८, कावासोती स्थित कावासोती शाखामा नयाँ शाखा स्थापना गरेको हो …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र यूनियन नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले इन्स्योरेन्ससँग सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका देशभर छरिएका ६९ शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले …

पुरा पढ्नुहॊस »

नेकपा प्रदेश कमिटी सदस्यको नाम टुंग्याउने जिम्मा दुई नेतालाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सात प्रदेश कमिटी सदस्यको नामावली टुंगो लगाउन दुई नेतालाई जिम्मा दिने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरूको नामावली टुंगो लगाउने जिम्मा महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई दिने भएको हो । पौडेल र थापा रहने उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

पुरा पढ्नुहॊस »

फिफा वरियताः नेपाल एक स्थान झर्यो, बेल्जियम शीर्ष स्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गर्ने विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार जारी गरेको पुरुष टोलीको अक्टुबरको वरियतामा नेपाल एक स्थान तल झदै १ सय ६१ औं स्थानमा छ । नेपाल गएको महिना १ सय ६० औं स्थानमा रहेको थियो । दक्षिण एसियामा सबैभन्दा अघि भारत ९७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । नेपालभन्दा …

पुरा पढ्नुहॊस »

साफ यु १५ : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपालका लागि जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । त्यस्तै खेलको ३५ औं मिनेटमा नमस थापा मगरले …

पुरा पढ्नुहॊस »

मोबाइल बैंकिङ प्रयोगकर्ता ५० लाख

काठमाडौं । बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख पुगेको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले ५० लाख ८६ जना पुगेको छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा समय मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ह्वात्तै बढेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतभन्दा बढिले मोबाइलबाट …

पुरा पढ्नुहॊस »

संखुवासभाको मानेञ्ज्याङ्गमा एनआईसी एसिया बैंकको नयाँ शाखा

काठमाडौं । एनआईसी एसिया बैंकको नयाँ शाखा खाँदबारी नगरपालिकास्थित मानेञ्ज्याङ्गमा आजबाट संचालनमा आएको छ । शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरी संचालनमा ल्याएको हो । बैंकले २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फतसेवा प्रदान गर्दै आएको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ । निक्षेप तथा कर्जाका आधारमा निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये यो नेपालको …

पुरा पढ्नुहॊस »

असिनापानीले स्याङ्जामा दुई करोडको सुन्तला नष्ट

वालिङ । स्याङ्जामा असिनापानीले दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला नष्ट भएको छ । गत असोज २१ गते आएको असिनापानीले पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नपा १० मा २१४, ११ नं वडामा १८६, १३ नं …

पुरा पढ्नुहॊस »

कञ्चनपुरबाट मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ का रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा १९ वर्षीय जीवन धानुक र २१ वर्षीय दिप्पु भनिने दिपेश बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

पुरा पढ्नुहॊस »

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व टुर अन्तर्गत नेपाल पनि ल्याउन लागिएको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ । जसमा पहिलो दिन शुक्रबार स्वयम्भूमा ट्रफीको प्रदर्शन हुनेछ भने …

पुरा पढ्नुहॊस »