टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

काठमाडौं ।  सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

दुईपटक स्पष्टिकरण सोधिएकी कामिनीको जवाफ चित्त नबुझ्दो भएकाले उनलाई बर्खास्त गरिएको बताइएको छ ।व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै सरकारले राजभण्डारीलाई बर्खास्त गरेको हो । राजभण्डारी ०७३ साल असोज ६ गते तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।

खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि प्रबन्ध निर्देशक बनेकी भण्डारीको कार्यकाल अझै एक वर्ष बाँकी थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस