इटलीमा पुल भत्कियो

इटली।  इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेका थिए।   प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन्।

खोजी

उद्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्। कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ।

स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ। सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो

एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए । सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो।

प्रत्यक्षदर्शीहरुले खिचेको भिडिओमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्‍न सकिन्छ।

वी .वी.सी बाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस