स्मरणमा संविधान पिता स्वःसुसिल दा

 
डम्मर बम

‘‘जनजाती, आदीवासी, महिला, मुस्लिम लगायतका समुदायले आफ्नो माग संविधानमा हुवहु लेखिनु पर्छ, नत्र संविधान आफुहरुलाई मान्य नहुने र संविधानमै आगो लगाई दिने कुरा भन्दा तत्कालीन प्रधानमन्त्री सुसिल कोइरालाले संविधानमा आगो लगाउनु भनेको देशमा आगो लगाउनु हो । यदी कसैले देशमै आगो लगाउन्छ भने मेरो भन्नु केही छैन् । संविधानमा अधिकार, सबैको भाषा, सबैको धर्म सुनिश्चित हुन्छ । शान्ति र संविधानका निम्ति सहमति, सहकार्य, एकता, मेलमिला र वार्ताका माध्यमले भएका असमतिहरुलाई सामाधान गर्नुपर्छ । यदि हामी द्धन्द्धमा फस्यौ भने वालुवामा पानी हाले सरह हुन्छ, मुलुक गहिरो अस्तित्व संकटमा पर्न सक्छ ।”संविधान जारी हुनु भन्दा पहिला तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशिल कोइरालाले वोलेको एक अंश ।
मृत्यूको अन्तिम समयसम्म सहमति, सहकार्य, एकता, मेलमिला र वार्ताका माध्यमले असमतिहरुलाई सामाधान गर्नु पर्छ, भन्ने मान्यता वोक्नु भएका संविधानका पिता स्वः सुसिल कोइराला आज उदाएको दिन हो आज ।
पिता बोधप्रसाद र माता कुमुदिनीको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा आजकै दिन विराटनगरमा सुशील कोइरालाको जन्म भएको थियो । बुवा बोधप्रसाद वन अधिकृत हुनुहुन्थ्यो । जागिरको सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज सरुवा भएपछि उनका ६ भाइ र एक बहिनी सहित कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो । जहाँ सुसिल कोइरालाको वाल्यकाल वितेको थियो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएनु भएका कोइराला वि.सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रजातन्त्र प्राप्तीको आन्दोेलनका क्रममा उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताउनुभयो ।
चतुर राजनितिज्ञका रुपमा रहेका कोइराला वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुुनुभयो, त्यसपछि २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनु भएका कोइरालाले २०४२ सालको सत्याग्रह र २०४६ र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलन भाग १÷२ मा सक्रियरूपमा लाग्नु भयो । राजनीतिक यात्राका क्रममा सुशील काइरालाले पार्र्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गर्नु भयो । उहाँले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएको छ । उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नु भयो । काठमाण्डौमा सम्पन्न भएको १२ औं महाधिवेशनबाट नेपाली काँग्रेस पार्टी सभापति चुनिनु भयो ।
‍कोइराला अहिले समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतित गर्ने सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित हुनुहन्थ्यो । सुशील कोइरालाको विसं २०७२ माघ २६, राती १२.५० मध्यरातमा काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा कोइरालाको निधन भएको थियो । नेपाली राजनीतिमा एक सदा जीवन उच्च विचार राख्ने आफु र पार्टी भन्दा पनि नेपाली जनतालाई शिरोपरी गर्ने महाननेता सुसील कोइराला बस्ले नेपाली राजनीतिमा एउटा आयाम थप्न भएको छ । नेपाल जनताले चाहेको संविधान सभाबाट संविधान जारी उहाहाँकै पालामा पुरा भयो । निहित स्वार्थ भन्दा राष्ट्र स्वार्थलाई महत्व दिने नेपाली जनताका हक अधिकारको लागि सदैव लड्नु हुने संविधानका पिता सुसिल कोइरालाको जिवनी प्रेरणाको श्रोत बनेको छ ।
‍कुनै एक जात विशेष, धर्म, पार्टी भई सिंगो देशलाई शिरोधारी गरी मुलुक र जनताको पक्षममा आवाज वुँलन्द गर्दै सहमति, सहकार्या वार्ताका माध्यामले सबैलाई मिलाई देशमा लोकतान्त्रीक गणतन्त्रा स्थापना र संविधान जारी र कार्यान्वयमा महत्वपूर्ण भुमिका निर्वाहा गर्नु भयो । यो नेपाली जनताका लागि एकदमै महत्वपक्ष हो । देश विभिन्नन आन्दोलन र समस्या ग्रहस्त रहेका वेला समेत मेलमिलापको माध्यमले सबैलाइ समान व्यवहार सहित दिगो विकसा तर्फ प्रेरित गर्नु भयो । देश महाभुकम्भ आक्रान्त भएको वेला नेपाल सरकार र अन्तराष्ट्रिय समक्ष सहयोग आव्हान गरी पिडामा रहेका नेपाली जनतामा मलहम लगाउने काम गर्नु भयो ।
झुटो आश्वासन र देखावटी सपनाको राजनीति नगर्ने कोइराला एक सच्चा देशभक्त हुनुहन्थ्यो । आज हामी जुन गर्भका साथ कानन र संविधानको कुरा गर्दैछौ । त्यो उहाँकै देन हो । देश र जनता तथा मुलुकको हिफाजत गर्नु उहाँले मुख्य जिम्मेवारी ठान्नु भएको थियो । पहिलो संविधान सभावाट कम्न्यूष्टको चार चार वटा सरकार गठन भएपनि संविधान जारी नभई संविधान सभा नै विघटन भयो । नेपाली जनताको सपना निरासमा परिणत भयो । दोस्रो संविधान सभाको निर्वाचन पश्चात कोइरालाको नेतृत्वमा गठन भएको सरकारले देशको मुल कानुन संविधान जारी भयो ।
उहाँ देशको वागडोर सम्हाले पछि आफ्नो जिम्मेवारी पुरा गर्नुभयो आज उहाँ संविधानका पिताका रुपमा आफुलाई स्थापित गर्न सफल हुनु भयो । नेपाली जनताको मन मष्तिकमा सुसिल दा हुनुहन्छ ।

संविधानका पिता स्वः सुशिल दा प्रति सच्चा श्रद्धाञ्जली अपर्ण गर्दछु ।

बम नेपाल ल क्याम्पस एलएलवि दोस्रो वर्षमा अध्ययनरत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस