बालबालिको सहयोगार्थ जोजोलोप्पा फेशन रनवे २०१८ हुने

काठमाडौं ।क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ ।

फेशन शोबाट उठेको रकम बालबालिको सहयोगमा खर्च हुनेछ । यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने छन् । भने एक दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा उत्रेन छन् ।

डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रेन छन् । यस शोमा नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेन छ ।

फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न हुने छ । शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुने छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् ।

अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् । शो सफल बनाउनका लागि कुनै पनि कसुर बाँकी नराख्ने जोजोलोप्पा कलेक्सनका सञ्चालक सुमन मर्हजन प्रतिबद्धता जनाए ।

क्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए ।

क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ ।

संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस