सुस्वास्थ्य आउनुहोस् स्वस्थ रहन

अकुपंचरिष्ट, सुर्दशन बस्नेत
अध्यक्ष, सुस्वास्थ्य अस्पताल, मीनभवन
अकुपंचरिष्ट सुर्दशन बस्नेत अकुपंचरको क्षेत्रमा ०५६ देखि संलग्न छन् । दोलखाको सुन्द्रावती गाविसमा जन्मेका बस्नेत पछिल्लो समय अकुपंचर सेवाप्रति धेरैको ध्यानाकर्षण भएको वताउँछन् । अकुपंचर एशोासियनका संस्थापक अध्यक्ष समेत रहेका उनीले त्रिपुरेश्वरमा १५ वर्ष अघि अकुपंचर वैकल्पिक सेवा भनेर सुरु गरेका थिए । हाल बस्नेतले मीनभवनमा सुस्वास्थ्य हस्पिटल सञ्चालन गरिरहेका छन् । यसै सन्दर्भमा कम्मर वा गर्दनमा नशा च्यापिएको, हड्डी खिईएको, वाथ, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, माईग्रेन, अनिद्रा, मोटोपन आदिको प्राकृतिक तरिकाबाट समस्या समाधानका लागि सेवा प्रदान गरिरहेको सुस्वास्थ्य हस्पिटलका अध्यक्ष अकुपंचरिष्ट सुदर्शन बस्नेतसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानीको सम्पादित अंश

हस्पिटलको भीडमा नयाँ सुस्वास्थ्य थपिएको छ, यसले कस्ता सेवाहरु प्रदान गर्दै आएको छ ?
हामीकहाँ प्राकृतिक पद्धतिबाट उपचार हँुदै आएको छ । विशेषगरी अकुपंचर फिजियोथेरापी, प्राकृतिक चिकित्सा र आर्युवेदका थेरापीहरु प्रयोग गरेर एकीकृत रुपमा उपचार गर्ने पद्धति भएको अस्पताल सुस्वास्थ्य हस्पिटल हो । अस्पताल भन्ने वित्तिकै रोग लागेपछि मात्रै पुग्ने हाम्रो चलन छ । तर अब हामी रोग लागेपछि होईन की स्वास्थ्य अवस्था कस्तो छ भनेर बेला बेलामा अस्पताल पुग्नुपर्छ र डाक्टरबाट सल्लाह लिनुपर्छ । सुस्वास्थ्य हस्पिटलको विशेषता भनेको मूख्यरुपमा नसर्ने रोगहरुको उपचार गर्ने हो । आजभोली यस्ता रोगहरुको संख्या बढ्दो क्रममा छ । खासगरी हाडजोर्नी, नशा, माईग्रेन, डिप्रेसनको समस्या गम्भीररुपमा बढ्दो छ । पहिले सर्ने रोगहरु फैलिएर अविकसित देशहरुमा धेरै मानिसहरुको मृत्यु हुन्थ्यो । तर आजभोली नसर्ने रोग लागेर मर्नेहरु धेरैछन् । विशेषत ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा नसर्ने रोगहरुको बिगबिगी छ । यससँगै अधिकांसमा नशा च्यापिने, पिनासको समस्या, हड्डी खिईने समस्या छ ।

स्वास्थ्यको परिभाषामा पनि रोग नलाग्नु मात्रलाई पनि स्वस्थ भनिंदैन । स्वस्थ हुनका लागि शारीरिक र मानसिकरुपले पनि स्वस्थ हुनुपर्छ । हाम्रो उदेश्य भनेको सामान्यरुपमा स्वास्थ्यमा गडबडी देखिएकालाई पनि निको पार्ने हो र फेरि रोग लाग्न नदिने हो । हामीले दिने सेवाहरुमा नसर्ने रोगहरुको विशेष उपचार र सामान्य स्वास्थ्य समस्या भएका ब्यक्तिहरुलाई पूर्ण स्वस्थ बनाउने हो ।

पछिल्लो समयमा नसर्ने रोगीहरु बढ्दैछन्, नशा सम्बन्धि रोगीहरुको संख्यामा पनि धेरै नै बृद्धि हुँदैछ भन्नुभयो, उपचार कसरी गर्न सकिन्छ ?
नसर्ने रोगीहरुको संख्या शहरी क्षेत्रमा ज्यादै नै तीब्र गतिमा बढ्दै गईरहेको छ । विशेषत नशा च्यापिएका विरामीहरु हामीकहाँ एकदमैंं धेरै आउँछन् । यसको प्रथम कारण भनेको पोस्चर हो । लामो समयसम्म टेबलमा बसेर काम गर्दा पनि नशा च्यापिने समस्या हुन्छ । गाडी, मोटरसाईकल लगायतका साधनहरुको प्रयोगबाट पनि नशासम्बन्धि समस्या आउछ । शारीरिक अभ्यास नहुँदा नशा च्यापिने समस्या हुन्छ । यससँगै कुर्सीमा बसेर काम गर्दा कसरी बस्ने धेरैलाई जानकारी छैन । यसले पनि समस्या उत्पन्न गरेको छ । अहिले प्रविधिको जमाना छ । ल्यापटप, कम्प्युटर, ट्याबलेट लगातार रुपमा हामी चलाउँछौ । यसबाट सावधानी नअपनाउँदा नशाको समस्याले मानिसलाई तनाव दिंदैछ । वास्तवमा अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप धेरै छ । हाम्रो व्यस्त जीवनशैलीका कारण नशा सम्बन्धि रोग बढ्दो क्रममा छ । यसको हामीले ईलेक्ट्रोनिक थेरापीबाट उपचार गराईरहेका छौं । जसमा अल्ट्रा सोनिक क्ष्ँत्, त्भ्ल्ऋ, क्ध्म् थेरापीको प्रयोग हुन्छ । आर्युर्वेद नेपालमा कम नै प्रयोग हुने पोटलि मसाज पनि प्रयोग हुन्छ । यसमा चैं हर्वल प्याकले मसाज गरिन्छ । विभिन्न खाले मसाजबाट नशासम्बन्धि रोगहरुको उपचार गर्न सकिन्छ । अकुपंचरबाट नशासम्बन्धि रोगहरुको उपचार गर्न सकिन्छ ।

सुस्वास्थ्य अस्पतालमा दैनिक बिरामीको चाप कत्तिको हुने गरेको छ ?
दैनिक लगभग ३० जना जति विरामी हामी कहाँ आउछन् भने प्राकृतिक चिकित्साबाट रोगै नलागी उपचार गर्न दैनिक २० जना जति आउँछन् । भर्ना गरेरै विरामी राख्ने १५ जना सम्मको लागि वेड उपलब्ध छ ।

स्वास्थ सामान्य मानिसले उपचार गराउन सक्ने अस्पताल हो की होईन ?
हामीकहाँ सरकारी अस्पताल जत्तिको सस्तो त हुँदैन तर खास महंगो पनि छैन । २ हजार रुपैयाँमा १ दिनको बेड चार्जसहित उपचार हुन्छ । डाक्टरको शुल्क ३ सय रुपैयाँ छ । १० देखि २० हजार रुपैयाँसम्ममा विरामीको सम्पूर्ण उपचार हुन्छ ।

अहिले प्राईभेट अस्पतालको संख्या बढ्दैछ, सुस्वाथ्यमैं उपचार गर्न किन आउने ?
सकेसम्म विरामी नहुनुहोस् । सदा स्वस्थ रहनुहोस् । स्वस्थ रहनका लागि सुस्वास्थ्य आउनुहोस् । अन्य अस्पतालको भीडमा यो फरक प्रकृतिको अस्पताल हो । पारीवारिक वातावरणमा हामी उपचार गराउँछौ । गेटबाट छिर्न वित्तिकै अस्पतालको कुनै अनुभूति हुँदैन किनभने हामीकहाँ सफा वातावरण छ । डाक्टर, नर्शहरुबाट विरामीलाई अत्यन्तै आत्मीय व्यबहार हुन्छ । शुल्क पनि महंगो छैन ।

हस्पिटलको वारेमा जानकारी दिनुस् न ?
हामीकहाँ विहान ७ वजेदेखि बेलुका ७ बजेसम्म ओपिडी सेवा हुन्छ भने आईपीडी २४ घण्टा उपलब्ध छ । हस्पिटल मीनभवन नापी विभागको अपोजिटमा छ । आउनु अघि ४४७३५४५, ४४७७९०९ मा सम्पर्क गर्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस