यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण

एजेन्सी  । मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण  भएको त समाचार सुनिएकै हो ।

तर  नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो ।

नेदरल्याण्डको स्किपल एयरपोर्टबाट उडान भरेको जहाजलाई पोर्चुगलमा आपतकालीन अवतरण गराइयो । जबकि उक्त जहाज स्पेनको ग्रेन टापुका लागि उडेको थियो ।

जहाजमा चढेका एकजना यात्रुको जिउ यतिधेरै गन्हाइरहेको थियो कि जहाजमा रहेका केही यात्रु त दुर्गन्ध सहन नसकेर बेहोस समेत भएका थिए ।

कतिपय यात्रुले वान्ता गरिरहेका थिए । जहाजका स्टाफले जिउ गन्हाउने व्यक्तिलाई ट्वाइलेटमा थुन्ने कोसिस पनि गरे । तर दुर्गन्ध कम भएन । अन्ततः पोर्चुगलमा विमानको आकस्मिक अवतरण गरी ती व्यक्तिलाई उपचारका लागि पठाइयो ।

आखिर ती व्यक्तिको जिउ त्यतिधेरै गन्हाउनुको कारण के हो ? भन्ने बारेमा चाहीँ खुलेको छैन । उनको नाम पनि गोप्य राखिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस