मेरो तन, मन, सबथोक कला क्षेत्र

मन्जिता के.सी

माेडल तथा नायिका 

सर्लाही लालबन्दीमा जन्मिएकी मन्जिता केसी आकर्षक व्यतित्व, सुन्दर मुहार, मिलेको जिउडालकी धनी छिन् । व्यबस्थापन संकायमा स्नातकसम्मको अध्ययन पुरा गरेकी उनी मोडलबाट नायीकासम्मको यात्रा पार गरी सकेकी छिन् । चर्चित मोडल मध्येकी एक मन्जिता   केसीसँग संवाददाता रश्मी महतले गरेको अन्तरवार्ता ।

आजभोली केमा व्यस्त हुनुहुन्छ ?
म्यूजिक भिडियोसँगैै स्टेज कार्यक्रमहरुमा व्यस्त छु ।

कला क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
म यो क्षेत्रमा २०६८ सालदेखि प्रवेश गरेको हँु ।

कलाक्षेत्रमा प्रवेश गर्दा कत्तिको संघर्ष गर्नुभयो ?
म बच्चादेखि नै कला क्षेत्रमा रुची भएको व्यति हुँ । सानैबाट नाच्ने, गाउने, रमाइलो गर्ने बानी थियो । विस्तारै समयले साथ दिंदै गयो । लंकाको सुटिङ्ग युनिट सर्लाही आईपुगेको रहेछ । संयोगले मैले सानो भूमिका पाएँ र त्यसैबाट मेरो यात्रा सुरु भयो । ठूलो संघर्ष गर्नुपरेन ।

सुरुवाती दिनमा कला क्षेत्रमा प्रवेश गर्न एउटा सानो भूमिकाको लागि सर्लाही देखि काठमाडौं आउनु भएको रैछ हैन ?
पहिलो चोटी कसैले अभिनय गर्न बोलाएकाले म एकदमै खुसी थिएँ । सायद त्यो नै मेरो जिन्दगीको खुसीको पल थियो । कुनैपनि कुरा एकैचोटि प्राप्त हुँदैन । विस्तारै हुन्छ । सानो भूमिका बाटै ठूलो हुने हो ।

अहिले कला क्षेत्रमा लाग्नेहरु धेरै नै छन्, कोही सफल पनि भएका छन् भने कोही सुरुवाती चरणमै हराएका छन्, यो क्षेत्रमा टिकीरहन के गर्नुपर्छ जस्तो लाग्छ ?
कुनैपनि काम गर्नुभन्दा अगाडि त्यो काम के हो भनेर जानेर÷बुझेर आयो भने लामो समयसम्म टिक्न सकिन्छ । मैले पनि एउटा गीत गरेपछि यो क्षेत्र कस्तो हो भनेर यसको बारेमा धेरै नै अध्ययन गरें । यो क्षेत्रमा आएको ६ वर्ष भयो । अहिलेसम्म खाली बस्नु परेको छैन ।

भनेपछि कला क्षेत्रमा लागेरै जीविकोपार्जन गर्न सकिन्छ हैन ?
मेरो विचारमा कला क्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था छ । मेहनत गर्नुपर्छ, पक्कैपनि यहि क्षेत्रमा लागेरै जीविकोपार्जन गर्न सकिन्छ ।

भविष्यमा यही क्षेत्रमा रम्नुहुन्छ वा अन्य केहि सोच छ ?
समयले साथ दिएसम्म यहि क्षेत्रमा काम गर्छु । मेरो तन, मन, सबथोक यहि क्षेत्र हो । अरु क्षेत्रको बारेमा सोच्न पनि सक्दिन ।

अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
म्यूजिक भिडियो ५ सय भन्दा बढी गरें होला ।

मोडलिङ गरेको पहिलो गीत कुन हो ?
विष्णु माझीले गाएको ‘धर्ती गोलो छ निरमाया’ भन्ने बोलको गीत हो ।

आफुलाई कुन रुपमा चिनाउनु चाहनुहुन्छ ?
म एउटा भर्सटाइल कलाकार भनेर चिनाउनु चाहन्छु ।

कस्तो प्रकारको फिल्ममा कोसँग खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई फिल्ममा यस्तो उस्तो प्रकारको भूमिका भन्दा पनि आर्यन सिग्देलसँग कुनैपनि फिल्म खेल्न पाए हुन्थ्यो जस्तो लागेको छ ।

विवाह कहिले गर्ने ?
अहिले अलि बेला भएको छैन ।

कस्तो प्रकारको जीवन साथीको चाहना राख्नुहुन्छ ?
सबैभन्दा पहिला मलाई बुझ्ने हुनुप¥र्याे । म कला क्षेत्रमा छु । अरुको कुरा सुनेर त्यसैको पछि लाग्ने हुनुभएन । मलाई बुझ्नुप¥र्यो र साथ दिने खालको भए जीवन सहज हुन्छ ।

खाली समयमा के गर्न मनपर्छ ?
सपिङ गर्न जान्छु । नृत्यको अभ्यास गर्छु ।

कलाक्षेत्रमा आउन चाहने युवापिढीलाई के सन्देश दिनुहुन्छ ?
म हृदयदेखि नै स्वागत गर्छु । अहिलकोे पुस्ताको प्रतिस्पर्धा जुनसुकै क्षेत्रमा पनि छ ।
त्यसकारण म यो क्षेत्रमा काम गर्न तयार छु भनेर आईदिनुहोस् भन्न चाहन्छु ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस