कामना सेवा विकास बैंकको नाफामा ३४ करोड

काठमाडौं। कामना सेवा विकास बैंकको नाफामा ३४ करोड ३४ करोड ३३ लाख सहित ९४.४५ प्रतिशत बृद्धि गरेको छ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकको खूद नाफा ९४.४५ प्रतिशतले बढेर ३४ करोड ३३ लाखको उचाईमा पुगेको हो ।

यहीकारण अघिल्लो वर्षसम्म ३९ करोड ११ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ७१ करोड ९४ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ ।संभावित जोखिम व्यवस्थापनबाट १५ करोड ३१ लाख राइटब्याक गरेर यो बैंकले नाफा बढी देखाएको हो ।

यस्तै, २६ करोड ९७ लाखमा सीमित संचालन मुनाफा बढाएर बैंकले ४३ करोड ५८ लाखको उचाई चुमाएको छ ।समीक्षा अवधिमा बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १३ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष ६ अर्ब ९८ करोड निक्षेप संकलन गरी ६ अर्ब ११ करोड बराबरको कर्जा परिचालन गरेको थियो ।

कामना र सेवा विकास बैंकबीच मर्ज भई बनेको कामना सेवा विकास बैंकमा दुईवटा बैंकको वित्तीय विवरणको एकीकृत रुप आएकोले समेत सबै सूचकमा राम्रो बढोत्तरी भएको देखिएको हो ।

अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको यस्तो कर्जा घटाएर ०.६९ प्रतिशतमा सीमित पारेको हो ।यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४९ गुणा कायम भएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस