माथिल्लो तामाकोसीको आईपीओ आजदेखि खुला

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) आजदेखि खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई खुला भएको हो । तामाकोसीको आईपीओ भदौ १४ गतेसम्म निष्कासन हुनेछ ।

आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता निष्कासन भएको हो ।

कम्पनीका अनुसार लगानीकर्ताले न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् । जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको २१ स्थानबाट सेयर आवेदन दिने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने भएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने दुुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ ।

जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । ३ वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नु पर्नेछ ।

वैदेशिक रोगजारीमा गएका दोलखालीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरेर हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन बुुझाउन मिल्ने व्यवस्था गरिएको छ ।

काठमाडौंमा बसोबास गर्दै आएका दोलखाली जनताले पनि सेयर खरिद गर्न आवेदन दिन पाउने भएका छन् । राजधानीबासीका लागि सनराइज बैंकका शाखाहरुबाट आवेदन दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न आवेदन दिन पाउने दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ ।

आयोजना अति प्रभावित (साविक लामाबगर र गौरीशंकर गापिस) स्थानीयले हरियो रंगको आवेदन फारम फारम भर्नुपर्नेछ । सडक र प्रसारण लाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले निलो रंगको आवेदन फारम भर्नुपर्नेछ ।

कम प्रभावित (दोलखाबासी) का लागि कालो रंगको आवेदन फारम तयार गरिएको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

दोलखाबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड गरेपछि साधारण सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । स्वपुँजी लगानीको १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गरिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस