उत्तर कोरियाले ‘नयाँ क्षेप्यास्त्रको विकास गर्दै’

 काठमाडौं ।  अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका छन्।

नाम नखुलाउने शर्तमा ती अधिकारीहरूले नयाँ प्रमाणहरूबाट प्योङयाङ नजिकैको सेनमडोङ केन्द्रमा काम भइरहेको देखिएको द वाशिङटन पोस्ट पत्रिकालाई बताएका  बिबिसीले उल्लेख गरेको छ ।

उनीहरूले यसअघि बलिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उल्लेख गरेका छन्।अमेरिकासम्म मार हान्नसक्ने क्षमताको पहिलो उत्तर कोरियाली क्षेप्यास्त्र सोही केन्द्रमा निर्माण गरिएको ती अधिकारीहरू बताउँछन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस