⚘ गजल ⚘

थियो मन शान्त , चलायौ तिमिले
गर्‍यौ जाल झेल,जलायौ तिमिले

शुरुआत स्वयं , गरेर जगैको
छानु नै नछाइ, ढलायौ तिमिले

बिना चोट,खोट, कुशलै थिएँ म
रच्यौ प्रेम माखा, गलायौ तिमिले

मेरो हृदयको, उर्वर गरामा
छर्यौ बिज काँढा, फलायौ तिमिले

नचिन्नु तिमिलाइ, गल्ती हो मेरै
बिरालो-मुसा झैँ, छलायौ तिमिले
D.p.khakurel

यॊ पनि हेर्नुहॊस

मुकारुङकाे ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक

काठमाडौं । कवि तथा आख्यानकार राजन मुकारुङको पाँचौं कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ शुक्रबार सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस