नेपाल इन्भेष्टमेण्ट बैंकले पायो यूरोमनी एक्सिलेन्स बैंक अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले युरोमनी एक्सिलेन्स बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार पाएकाे छ । आर्थिक मासिक पत्रिका युरोमनीले साउन २ गते हङकङमा एशियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको बैंकले जानकारी गराएकाे छ । नेपाल इन्भेष्टमेण्ट बैंकले यो अवार्ड पहिलो पल्ट प्राप्त गरेको हो ।

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गर्ने गरिन्छ । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तीय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा तथा १०४ वटा एटिएम छ भने ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु.१०.६५ अर्ब पुगेको छ भने बैंकको प्राथमिक पूँजी रु. २०.९४ अर्ब पुगेको छ । गएकाे चैत मसान्तसम्ममा बैंकले रु १३०.२ अर्ब निक्षेप संकलन गरी रु ११८.८ अर्ब कर्जा प्रवाह गरेको छ । यस समयसम्ममा बैंकले रु २.८४ अर्ब खुद नाफा गर्न सफल भएको छ । तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७६ प्रतिशतमा सीमित पारेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस