बागलुङ जिप दुर्घटनामा परी पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

‍बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघा भालुपाईले भन्ने स्थानमा बुधबार सॉझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगर पनि रहेका छन् । उनको अवस्था अहिले खतरामुक्त रहेकाे छ । अहिले काठमाडाैकाे मेडिसिटी अस्पताल नख्खुमा उनकाे  उपचार भइरहेकाे छ । उनीसँगै घार्इते हुनेमा‍ बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन् ।

बागलुङ बजारदेखि बुर्तिवाङको लागि जाँदै गरेकाे ध १ज १४९ नम्बरको जीप अनियन्त्रीत भई नालीमा पल्टिन पुगेपछि दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय हरिचौरले वताएकाे छ ।
त्यस्तै घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर , काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली , निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस