डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो–शिक्षा मन्त्री

काठमाडौँ ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीस दिनदेखि अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै काठमाडौँ ल्याउन सरकारले बिहिबार हेलिकोप्टर पठाएको छ ।

उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकारलार्इ जानकारी गराए । मन्त्रालयका सचिव खगराज बरालसहितकाे टोली उनलाई लिन गएको हो । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने सरकारकाे तयारी छ ।

यसका साथै मन्त्री पोखरेलले चिकित्सकहरु विरामीलाई सेवा दिन छाडेर आन्दोलनमा उत्रनु  आवश्यक नरहेको पत्रकार सम्मेलनमा वताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस