त्यो गुलाबको फूल

पविता खनाल

कविता

टाढै बाट मन लोभ्याउँछ ,झ्यालै बाट नजर आउँछ

आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल

टाढै बाट मन लोभ्याउँछ ,झ्यालै बाट नजर आउँछ

आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल

अरुका नी हुन सक्छन् ,मेरै जस्तो लोभी मन

अरुका नी हुन सक्छन् ,मेरै जस्तो आफ्नोपन

टिपी हालौं भने पनि हुने होकी ठुलै भूल

अति मन लोभ्याउँछ ,झ्यालै बाट नजर आउँछ

आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल

गुलाबको रंगनै गुलाबी, साँझ बिहानै हुन्छे उजेली

अधेरीमा नी मुस्कुराउँछे ,त्यो गुलाबको फूल

काँडा बीच दु:ख भुल्दै ,पिडा सहि फक्रिरहेछ

यस्तै रहेछ जीबन पनि आशै आशमा बिती जान्छ

कसैले नी नटीपेर ,बोटै बिच झरी जान्छ

छिमेकीको आगनमा छ , झ्यालै बाट नजर आउँछ

अति मन लोभ्याउँछ, त्यो गुलाबको फूल

आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस