डा. केसीले भने, वार्ता गर्न मन्त्रीस्तरीय टोली चाहिन्छ

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीका समर्थक र सरकारबीचको वार्ताले औपचारिकता नपाइरहेका बेला डा. केसीले सरकारसँग मन्त्रीस्तरीय टोली गठनको माग गरेका छन्। सोमबार र मंगलबार वार्ताका लागि सरकारी पक्ष र डा. केसी समर्थक एकै ठाउँमा भेला भएपनि उनीहरुका आआफ्नै अडानका कारण त्यसले औपचारिक रुप लिन सकेको थिएन। सरकारी पक्षले पहिले डा. केसीलाई काठमाडौं ल्याएर उनको जीवन रक्षा गर्ने अनि वार्ता सुरु गर्ने अडान राखेको छ।

डा. केसी समर्थकले भने पहिले डा. केसीको माग संवोधन हुनु पर्ने अडान दोहोर्‍याएको छ । सरकारले आइतबार डा. केसीसँग वार्ता गर्ने जिम्मा शिक्षा सचिव खगराज बारालसँगै गृहमन्त्रालयका सहसचिव केदार र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहोनीलाई दिएको थियो।

डा. केसीका तर्फबाट डा. अभिषेक, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल लगायत छन्।  नेपाल चिकित्सक संघले वार्ताको मध्यस्थता गरिरहेको छ । डा. केसीको अनशनको १९ औं दिन पुग्दै गर्दा उनको स्वास्थ्य अवस्था नाजकु बनेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस