धोवनीका मृत्क परिवारले पाए प्रदेश सरकारवाट  क्षतिपुर्ति स्वरुप ५० हजार 

पर्सा । वाढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा न. २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको छ । वाढी पहिरोका मृतक परिवारलाई नगद ५० हजार रुपैया उपलब्ध गराउँने प्रदेश न. २ को सरकारले घोषणा गरेको थियो ।
 प्रदेश न. २ सरकारको तर्फबाट प्रदेश सभा सदस्य सिहासन साह कलवारले पहिलो पटक पर्साका मृत्क परिवारलाई राहत स्वरुप ५० हजार रुपैया हस्तनान्तरण गरेका छन् ।
मृतक पर्सा धोवनी वडा न. २ असवारी टोलका ७ बर्षिय वालक आलोक कुमार यादवको बुवा धामु यादवलाई स्थानिय नेता, समाजसेवी, प्रहरी तथा जनप्रतिनिधीहरुको रोहवरोहमा सो रकम प्रदान गरिएको थियो । ‍मृतक परिवारलाई क्षतिपुर्ति दिदै प्रदेश सांसद कलवारले दुःख प्रकट गर्नु साथै अगामी दिनहरुमा सवधानी अपनाउँन स्थानियहरुलाई सल्लाह दिनु भएको थियो । नगद वितरण कार्यक्रममा संघिय समाजवादी फोरमका प्रदेश न.  २ का सचिव सल्लाउदिन अहमद,प्रदेश सदस्य मनद चौहान,स्थानिय समाजसेवी देवेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।
37274256_278690059567912_8362168889995427840_n.jpg

बारेमा news

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस