विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

एजेन्सी । यसपटककाे विश्वकप फ्रान्सले जितेकाे छ । फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने भएका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले ।

स्ट्राइकर एम्बाप्पेले विश्वकपमा करिब ५ करोड ६० लाख रूपैयाँ आम्दानी गरे । उनले यतिका पैसा अस्पतालमा उपचाररत र अपाङ्गता भएका बालबालिकालार्इ दान गर्ने भएका हुन् । यो पैसा उनले च्यारिटी संस्था प्रिमियर्स डी कोर्डीलार्इ दिनेछन् जसले खेलसँग सम्बन्धित सामान सित्तैमा उपलब्ध गराउँछ ।

विश्वकपमा एम्बाप्पेको आम्दानी कति ?

प्रतिखेल शुल्क, २४ लाख ८६ हजार

७ वटा खेलबाट आम्दानी, १ करोड ७३ लाख
फ्रान्स विजेता बन्दा बोनस, ३ करोड ८८ लाख
विश्व कपबाट  जम्मा अाम्दानी, ५ करोड ६० लाख

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस