कति असल राष्ट्रपति किटारोविच

विश्वकप फुटबलको फाइनल खेल फ्रान्सले जितेकाे छ । तर क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचकाे चर्चा अधिक छ। रुसमा भएको फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन तथा किटारोविच पुगेका थिए । उनीहरुसँगै आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि साथमा थिए ।

फाइनल खेल म्याक्रोन, पुटिन तथा किटारोविचलेसँगै बसेर खेल हेरे । क्रोएसियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर खेल हेर्न पुगेकी थिइन् । उनी टिमको हौसला बढाउनका लागि पुगेकी थिइन । क्रोएसियाले उत्कृष्ट खेल प्रदर्शन गरेतापनि फ्रान्सले जित्याे। मैदानमा क्रोएसियाली खेलाडी निराश भए । तर ग्राबार खेलाडीको उर्जा लाइ अझै बढाउन अघि सरिन् ।

अवार्ड वितरण समारोहका क्रममा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र क्रोएसियाली राष्ट्रपति किटारोविच मैदानमा देखिए । खेलाडीकाे हाैसला बढाउन किटारोविचले खेलाडीलाइ अ‌कंमाल गरिन् र दुख बाँडिन । सँगै उनले खेलाडीकाे हाैसला पनि बढाइन । उता खेल जित्ने फ्रान्सेली खेलाडीलाइ पनि बधाइ दिइन् ।

फ्रान्सका केलियन एमबाप्पेले फिफा युवा खेलाडी अवार्ड पाए । क्रोएसियाका लुका मोड्रिक प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल लिन अघि बढे । उनकाे अाँखामा अवार्ड पाएको खुशी कम र विश्वकप जित्न नसकेको पीडा धेरैनै थियाे । साे समयमा पानी परिरहेको थियो, किटारोविचले लुकालाई निक्कैबेर अँगालो हालिन् । गाला सुमसुम्याइन् । त्याे दृष्य देख्दा लाग्थ्याे की कति असल राष्ट्रपति किटारोविच ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस