प्रियंका र अायुष्मानकाे इन्गेजमेन्ट, बिहे कहिले ?

काठमाडाैं । नेपाली सिने क्षेत्रमा अायुष्मान देशराज जाेशी र प्रियंका कार्कीकाे अफेयरकाे हल्ला चल्न थालेकाे डेढ वर्ष भएकाे छ । तर अधिकांशले  टिक्ने अफेयर हाेइन भनेर अनुमान गरे । उता फिल्मी लाइनकै व्यक्तिहरु त  याे सम्बन्धबारे त्यति ढुक्क थिएनन् । उनीहरु अधिकांशलाई यी दुईकाे प्रेम दुइ दिनकाे रमझम मात्रै हाे भन्ने अन्दाज थियाे । यावत कुराहरु चल्दैथिए उता भने प्रियंका र अायुष्मानले याे बीचमा एक अर्कावीच मात्परै हाेइन, परिवारीक मिलनका लागि समेत प्रशस्तै प्रयासहरु गरे । 

बेलाबेला प्रियंका तथा अायुष्मानकी अामा रबिना देशराज जाेशीका डिनर खादै गरेका तस्वीरहरु सार्वजनिक हुन्थे । यी दुईले कतिपय अन्तर्वार्तामा एकअर्काकाे विषयमा पनि खुलेर धारणा राख्ने गर्थे ।  प्रियंका  अायुष्मानकी मात्रै हाेइन, बैंकर रवीनाकी समेत प्यारी भइसकेकी थिइन् । 

शनिवार इन्गेजमेन्ट गरेका यी दुईले कुरा काट्नेहरुकाे मुख थुनिदिएका छन् । बैंकरसमेत रहेकी रबिना देशराज जाेशीले सामाजिक सन्जाल इन्स्टाग्राममा फाेटाे अपलाेड गरेर प्रियंका र अायुष्मानकाे इन्गेजमेन्ट भएकाे जानकारी दिए की छन् । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार एकदमै खुशी देखिएका छन् । उनीहरुकाे विवाह कहिले हुने भन्ने बारे स्पष्ट खुलाइएकाे छैन । उता प्रियंकाले अाफ्नाे इन्स्टाग्राममा फाेटाे राखेर अाफूहरु अब सधैंका लागि एक भएकाे क्याप्सन लेखेकी छिन । हेराैं याे जाेडी कहिले विबाह बन्धनमा बाँधिन्छ ?

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस