जापानमा वर्षाबाट मृत्यु हुनेको संख्या २०४ पुग्यो

जापान ।  पश्चिमी जापानमा अबिरल वर्षासंगै आएको बाढी पहिरोमा परि विहिबार साँझसम्ममा मृत्युको संख्या २०४   पुगेको छ। प्रभावित सबै स्थानहरुमा हराइरहेकाहरुको खोजी कार्य तथा उद्धारका कार्यहरु भैरहेका छन् ।

सबैभन्दा बढि प्रभावित हिरोसिमा, ओकायामा र एहिमो प्रिफेक्चरमा भोलेन्टियर उद्धारकर्मीहरु तथा सहयोगीहरु आइपुगेको भएपनि अझै प्रयाप्त नभएको बताइएको छ । धेरै स्थानहरुमा आकाश खुल्ला भई गर्मी बढेकाले रोग फैलन सक्ने सम्भावना रहनसक्ने बताइएको छ ।

जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस