थाइ गुफामा फसेका बाँकी पाँचजनाको उद्धार शुरु

काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका  १३ जनामध्ये आइतबार चारजना र सोमबार चार जनालाई सकुशल उद्धार गरिएको थियो ।गुफामा फसेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।

मङ्गलबार पनि भारी वर्षा जारी छ । गए रातिदेखिको अविरल वर्षाका कारण गुफाभित्रको पानीको सतह थप बढेको छ । यसले गर्दा आजको उद्धारको काम पनि निकै कठिन हुने अधिकारीहरुले बताएका छन् । गुफामा फसेकालाई  उद्दारका लागि ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् ।

आइतवार पहिलो दिन उद्धार गरेर सकुशल निकालिएका चारजना बालकलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरुलाई आफ्ना आमाबुबालाई भेट्न पनि दिइएको छैन । फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १६ दिनदेखि त्यहाँ फसेका थिए ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस