फर्सीका फाइदाहरु

फर्सी मिठो र बजारमा सजिलै उपलब्ध हुने तरकारी हो । फर्सीमा प्रशस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ । फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ ।

फर्सीमा पाइने पोटासियमले शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न सहयोग गर्छ । फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले शरीरलाई धेरै फाइदा गर्छ ।

 

 

 

 

 

 

 

 

 

फर्सीमा प्रशस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’ मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ । बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने देखिएको छ ।
उता फर्सीको मुन्टामा पनि क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, कप्पर, म्यान्गनिज जस्ता तत्व पाइन्छ । फर्सीको मुन्टामा प्रशस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तअल्पता हुनबाट जोगाउँछ ।

फर्सीको बियाँमा प्रोटिन र प्रशस्त मात्रामा जिङ्क पनि पाइन्छ । जिङ्क शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ, जुन शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्वमा परिणत हुन्छ । सेरोटोनिनले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ ।

फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकासमा मद्दत गर्छ ।
                                                                                                                                                           एजेन्सी

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस