कांग्रेस र नेविसंघले उखेल्नु छ–खोक्रो राष्ट्रवादको जरा भनिन्छ इतिहास बिना राजनीतिको जरो हुँदैन

कांग्रेस र नेविसंघले उखेल्नु छ–खोक्रो राष्ट्रवादको जरा भनिन्छ इतिहास बिना राजनीतिको जरो हुँदैन। त्यहि इतिहास रच्न सफल भएको नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघको योगदानलाई थाँति राख्ने हो भने पनि उसले ल्याएको परिवर्तन र उपलब्धिले बारम्बार नेपाली राजनीति इतिहासको पाना हरकोही नेपालीले पल्टाइ रहन्छन।

बीपी कोइरालाले राणा शासनलाई परास्त गरेर २००७ सालमा झुल्काएको प्रजातन्त्रको बिहानी आज लोकतान्त्रिका गणतन्त्रमा पुगेको छ। हामी आज जुन धरातलमा छौं।

लोकतान्त्रिक गणतन्त्रको जप गरिरहेका छौं, त्यो नेपाली कांग्रेस अनि बीपीको देन हो। जसले गर्दा आज आधुनिक युगसम्म पुग्न सफल रह्यो नेपाली समाज। २०१७ सालमा फेरि राजा महेन्द्रले प्रजातन्त्रको हरण गरे।

पञ्चायतको वृक्ष रोपे। तर, अन्तत परास्त भयो। देशको भविष्य निर्धारण गर्न नसकिने अवस्था आएपछि विद्यार्थी संगठनले पनि देशको परिवर्तनमा मुख्य भूमिका खेल्न सक्छन्। जसरी पञ्चायतको अन्त्य गरी लोकतन्त्र, राष्टियता र समाजवाद अभियानमा लागेको कांग्रेसले २०२७ साल वैशाख ६ गते आफ्नो विद्यार्थी संगठन अर्थात् नेविसंघको स्थापना गर्यो ।

त्यसपछि जबजब देशमा संकट उत्पन्न हुन थाल्यो, तबतब नेविसंघले अगुवाइ गर्दै देशमा संकटमुक्त पार्ने जिम्मेवारी कांग्रेसकै काँधमा सुम्पियो। पञ्चायतको अन्त्य होस या राजतन्त्रको अन्त्य।

जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन अनि लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न। यी सबै उपलब्धिको नेतृत्व कांग्रेसले गरेको इतिहास हामी सामु सर्ववितितै छ। यसरी हरेक उपलब्धीको सम्बाहक कांग्रेसको साथमा नेविसंघ पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा मुख्य भूमिका रहेको छ। एकातिर विद्यार्थीको पीरमर्का बुझ्नु, अर्कोतिर देशको शासन व्यवस्था बदल्नेतिर अग्रसर हुनु चानचुने कुरा थिएन। तर, सबै चुनौतीको सामना गर्न सफल हुँदै आएको छ, नेविसंघ। नेविसंघको आगामी यात्रा पनि राष्ट्र र राष्ट्रियताका लागि रहनेमा हामी विश्वस्त छौं। यसरी इतिहासबाट नै ठूलो राप र तापको गर्भबाट जन्मेको नेविसंघका लागि पनि अझै सहज बाटो छैन।

किन कि कम्युनिस्टहरुको खोक्रो राष्ट्रवादको इन्द्रजाल तोड्नु नेविसंघको पहिलो प्रथामिकता हुनुपर्ने छ। फेरि एक पटक परिस्थितिले देशको जिम्मेवारी कांग्रेस र नेविसंघलाई नै दिने छ। यसमा कुनै विमति छैन।

देशमा कायम ण्डरलाग्दो अनि लथालिङ्ग परिस्थितिलाई सुल्झ्याउने दायित्व कांग्रेस र नेविसंघको रहनेछ। हरेक मोडमा, हरेक घुम्तीमा इतिहासमा खेलेको भूमिकाले फेरि एक पटक देश र जनताको सेवाको निमित्त कांग्रेसले जोखिम मोल्नु पर्नेछ। त्यसको सहयात्रामा ने नेविसंघको भूमिका पनि जिम्मेवार देखिन्छ।

वर्तमान नेपालमा कम्युनिस्टहरुले सेतो कागजमा रंगीन सपना देखाइरहेका छन्। तर, माखो पनि मार्न नसक्ने, मूल्य वृद्धिको भूमरीमा नेपाली जनतालाई फसाइरहेका छन्। यो विषम परिस्थितिलाई हेर्दा अर्कोतिर जनयुद्धको नाममा उज्जनको हत्या गर्ने अनि हत्यारा बालकृष्ण ढुङ्गेलाई आममाफी दिएर गल्लीगल्ली चोकमा अबिरमाला लगाएर सरकारले स्वागत गर्नुपर्ने विडम्बना छ।

अर्कातिर ‘सिधाकुरा जनतासँग का सञ्चालक, देशको सपुतभन्दा फरक नपर्ने, गरीबविपन्नको झुपडीसम्म पुगेर मल्हमपट्टि बनेका, तस्करहरुको भण्डाफोर गर्ने, एवं न्यायको बिगुल फुक्ने वरिष्ठपत्रकार रवी लामिछानेलाई जेल हाल्न खोज्नेविरुद्ध लड्न आजको आवश्यकता रहनेछ। फेरि नेपाली जनतामा बीपी वा कांग्रेसले चिहान पुर्याएको त्यो राणा शासनको झझल्को दिइरहेको छ।

यसरी कम्युनिस्टको यस्ता जालझेललाई कांग्रेसले बुझ्न सकेन भने बीपी’बाले ल्याएको प्रजातन्त्रमाथि दिउसै सूर्य ग्रहण नलाग्ला भन्न सकिन्न। त्यसैले उठौ, जागौँ संगै हातेमालो गरौँ, खोक्रो राष्ट्रवादको इन्द्रजाललाई तोडौँ। प्रजातन्त्र, राष्ट्रियताको पक्ष गोलबद्ध बनौँ।

उखेल्नु छ खोक्रो राष्ट्रवादकोजरा, सुकाउनु छ बामे सरकारका झुठका झारहरु । बनाउनु छ, लोकतन्त्रसहितको शान्त नेपाली समाज। त्यसैले नेविसंघ एक भयो भने मात्र बीपी कोइराला र गिरिजा बाबुको लोकतन्त्र सहितको समाज निर्माण गर्ने नेपाली कांग्रेस सपना पूरा हुनेछ।

विवेक लामा

 

 

 

 

 

 

 

शकरदेव क्याम्पस विविएस चाैथाे वर्षमा अध्ययनरत नेवि सघ काठमाण्डाै कैलाली सम्पर्क समिति अध्यक्ष

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस