नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकियो

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो  प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् ।चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका लागि दोश्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकविच खटपट आएको चर्चा चलेको  थियो ।

तर, यसको सुरुवात भने त्यस अगाडि नै भएको थियो । डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समातेको थियो । सो समयमा मयंक पनि एक रात जेल परेका थिए । सोही समयदेखि नै साम्राज्ञी मयंकसँग केही टाढा भएको बुझिएको छ । मयंकले साम्राज्ञीसँग ब्रेकअप भएको आफू निकट केही साथीहरुलाई समेत सुनाएका थिए । साम्राज्ञी भने प्रेमको बिषयमा केही पनि बोल्ने मुडमा छैनन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस