जापानमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

जापान ।  पश्चिमी जापानमा अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण मृत्युको संख्या ५२  पुगेको छ ।मृतकहरुमध्ये धेरैजना पहिरोमा परि मर्नेहरु छन् ।  पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेका छन् ।प्रभावित क्षेत्रहरुमा आत्मरक्षा दल, प्रहरी तथा अग्नि नियन्त्रक कर्मचारीहरु गरि ४८००० जना खटिरहेको छ ।

सो क्षेत्रका ४ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थान तर्फ सारिएको छ । क्योटो र गिफू प्रान्तलाई आपतकालीन चेतावनी दिईएको छ भने नागासाकी, सागा, फुकुओका, तोटोरी, हिरोशिमा, ओकायामा र ह्योगो प्रान्तमा पनि चेतावनी दिइएको जापानी संचार माध्यमले जनाएका छन् । सबैभन्दा धेरै प्रभावित बनेको हिरोसिमा प्रिफेक्चरमा मात्र २३ जनाले ज्यान गुमाएका छन् भने २१ जना हराइरहेका छन् ।

जापानको उत्तरपश्चिमी देखि पश्चिमी भागका धेरै स्थानहरुमा रहेका खोला तथा नदिहरुमा पानीको बहाव उच्च छ भने बस्तीहरु जलमग्न बनेका छन् । अधिकांश स्थानहरुमा हवाइ तथा सडक यातायात ठप्प बनेको छ भने सिनकानसेनहरु चलेका छैनन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस