माउन्टेन हाइड्रोको सेयर निष्कासन

पाँचथर ।  माउन्टेन हाइड्रो नेपाल कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गरेको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर शुक्रबारबाट निष्कासन गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको हो । लगानीकर्ताले सेयर खरिद गर्न छिटोमा साउन ४ र ढिलोमा २० गतेसम्म आवेदन दिनुपर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

बिक्री खुल्ला गरिएको सेयरमध्ये आयोजनाबाट अति प्रभावित स्थानीयका लागि ७ लाख ५० हजार र अन्य जिल्लावासीका लागि ५ लाख कित्ता छुट्याइएको छ ।

आयोजनामा सेयर लगानी गर्न योग्य स्थानीयबासीले जिल्लास्थित प्रभु, सिभिल, सेन्चुरी र सप्तकोसी विकास बैंकको स्थानीय शाखामा आवेदन दिन सक्नेछन् । कम्पनीको जिल्लास्थित कार्यालयमा पनि स्थानीयले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आवेदनकर्ताले न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म खरिद गर्न आवेदन दिन पाउने भएका छन । स्थानीयको सेयर बाँडफाँड सकिएपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन हुनेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस