बलिउड नायिका साेनालीलार्इ ‘हाइ ग्रेड क्यान्सर’ भएकाे खुलासा

काठमाडौं । बलिउड चलचित्रकी एक जमानाका लोकप्रिय नायिका सोनाली बेन्द्रेले आफूलाई ‘हाइ ग्रेड क्यान्सर’ भएको खुलासा गरेकी छन् । ४३ वर्षीया सोनालीले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूलाई क्यान्सर भएको जानकारी गराएकी हुन् ।

ट्वीटमा सोनालीले आफूलाई केही सामान्य स्वास्थ्य समस्या देखा परेको र परीक्षण गराउँदा आफूलाई क्यान्सर भएको खुल्न आएको बताएकी छन् ।

उनले आफूले यस रोगसँग लड्न भएसम्मको कोसिस जारी राखेकोसमेत बताएकी छन् । उनी हाल न्यूयोर्कमा उपचाररत छिन् र निरन्तर डाक्टरहरूसँग सुझाव लिइरहेकी छन् ।

ट्वीटर र इन्स्टाग्राममा एउटा वक्तव्य जारी गर्दै उनले आफ्नो परिवारका सदस्य, शुभचिन्तक र प्रसंशकहरूलाई साथ र समर्थन दिइरहेकोमा धन्यवाद दिएकी छन् ।

रोग लाग्नु आफ्ना लागि आश्चर्यजनक रहेको र कहिल्यै यस्तो होला भनेर नसोचेको उनको भनाइ छ । ‘कहिलेकाहीँ जिन्दगीमा नसोचेको कुरा पनि हुँदो रहेछ,’ सोनालीले उक्त ट्वीटमा उल्लेख गरेकी छन् ।

नायिका सोनालीले हम साथ साथ हैँ, हमारा दिल आपके पास है, दिलजले, कल हो ना हो, सरफरोश जस्ता सफल चलचित्रहरूमा अभिनय गरिसकेकी छन् । फिल्म वितरक गोल्डी बहलसँग विवाह बन्धनमा बाँधिएपछि उनी चलचित्रमा देखिन छाडेकी थिइन् ।

उनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि करण जोहर र रितेश देशमुखले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस